
कृष्णसार अनलाइन । बर्दियाको बबई नदीमा पौडी खेल्ने क्रममा एक बालक डुबेर बेपत्ता भएका छन्। बारबर्दिया नगरपालिका–४ बैरियाका १६ वर्षीय सम्राट थारू बुधबार बिहान बबई नदीमा डुबेर बेपत्ता भएका हुन्।
थारू बिहान करिब ९ बजे बैरियाघाटमा नुहाउन गएको थारू नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। घटना लगत्तै प्रहरी टोली उद्धार तथा खोजीका लागि परिचालन गरिएको भए पनि हालसम्म थारू फेला नपरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो।


