
कृष्णसार अनलाइन । भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाबाट सम्पर्कविहीन भएका बर्दियाका ११ जना व्यक्तिको परिवारलाई बर्दिया उद्योग वाणिज्य संघ राजापुरले सहयोग गरेको छ । बाढीपछि रसुवाबाट सम्पर्कविहीन भएका राजापुर नगरपालिकाका ११ जना व्यक्तिको परिवारलाई बर्दिया उद्योग वाणिज्य संघ राजापुरले आर्थिक सहयोग गरेको हो ।
बाढीमा परेर सम्पर्कविहीन भएका परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले छ हजार पाँच सय रुपैयाँका दरले सहयोग गरिएको संघका सदस्य अर्जुन चौलागाइँले बताउनु भयो । उहाँले भन्नुभयो, ” संघले पीडित परिवारलाई दुःखको समयमा थोरै भएपनी राहत होस् भनेर स्वरूप सहयोग गरेको हो।”
भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवामा काम गर्न पुगेका राजापुर क्षेत्रका ११ जना हालसम्म सम्पर्कविहीन छन्। उहाँहरूको खोजी तथा पहिचानका लागि सम्बन्धित निकायले प्रयास गरिरहेका छन्।


