bardiyahospital

अपाङ्गता भएका व्यक्तिलाई घरमा पुगेर दिइयो नागरिकता

Geruwa GIF

 कृष्णसार अनलाइन । बर्दियामा अपाङ्गता भएका व्यक्तिलाई घरमा पुगेर नागरिकता दिएको छ ।  गुलरिया नगरपालिका, ११ का जन्मजात शारीरिक र बौद्धिक अपाङ्गता भएका १८ वर्षीया मोहम्मद सबाज गद्दीलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयले घरमा पुगेर नागरिकता  दिएको हो ।

जन्मजात अपाङ्गता भएका गद्दीलाई सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी, प्रशासकीय अधिकृत लोकप्रसाद ढकाल,  गुलरिया नगरपालिका वडा , ११ का वडा अध्यक्ष विष्णु यादव , लगायतको टोली घरमा पुगेको थियो । 

cld

सहायक प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले कार्यालयले अपाङ्गता भएका व्यक्तिको पहिचान गरेर आवश्यक अनुसार घरमा पुगेर नागरिकता दिने गरिएको बताउनु भयो । 

गुलरिया नगरपालिका , ११ का वडा अध्यक्ष विष्णु यादवले वडाभित्र बसोबास गर्ने स्थानीयको समस्या पहिचान गर्ने क्रममा शारीरिक र बौद्धिक अपाङ्गता भएका कार्यालयसम्म जान नसक्ने गद्दीलाई नागरिकता प्राप्तिको लागि सिफारिस गरेको जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालयको टोली घरमा आएर छोरालाई  नागरिकता दिएपछि  छोरालाई अपाङ्गता भत्ता पाउनुका साथै अन्य सेवा सुविधा प्राप्त गर्न सहज कमरूद्विन गद्दीले बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.