
कृष्णसार अनलाइन । बर्दियामा ‘डिजिटल मेला’ आयोजना गर्न लागिएको छ । द एसिया फाउन्डेसनको समन्वयमा ठाकुरबाबा नगरपालिका, ९ स्थित बबई रिसोर्टमा प्रकृति, संस्कृति, सिर्जना र प्रविधिलाई जोडेर ‘डिजिटल मेला’ आयोजना गर्न लागिएको हो।
बर्दियाका कथा, स्थानीयको आवाज र सम्भावनालाई डिजिटल माध्यममार्फत एउटै मञ्चमा जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। मेलामार्फत डिजिटल प्रविधि र सिर्जनशीलताको उजागर, स्थानीय सम्भावनाको पहिचान तथा प्रचारप्रसारसँगै स्थानीयका अनुभवलाई नजिकबाट बुझ्ने र आदानप्रदान गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ। असोज ४ गते हुने मेलामा प्रकृति, संस्कृति र पर्यटनसँगै डिजिटल प्रविधिको प्रयोग तथा स्थानीय सृजनशीलतालाई डिजिटल माध्यमबाट थप बलियो बनाउने प्रयास गरिनेछ।

‘कथादेखि यात्रासम्म’ भन्ने अवधारणासहित आयोजना हुन लागेको मेलाले बर्दियाका कथा, सम्भावना र पहिचानलाई डिजिटल माध्यमबाट थप व्यापक बनाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ। मेलामा सहभागी हुन इच्छुकले आयोजकले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी फाराम भरेर सहभागिता जनाउन सक्नेछन्। फाराम भरेका सहभागीले तोकिएको मिति, समय र स्थानमा उपस्थित भएर कार्यक्रममा सहभागी हुन सक्ने आयोजकले जनाएको छ।


