bardiyahospital

विद्यार्थी बढी, नतिजा कमजोर : सामुदायिक विद्यालय संस्थागतभन्दा पछाडि

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर देखिएको छ। सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्या बढी भएपनि संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर देखिएको हो ।

सामुदायिक विद्यालयको एसईई नतिजामा पछिल्ला वर्षमा सुधार देखिए पनि संस्थागत विद्यालयको तुलनामा नतिजा कमजोर रहेको तथ्याङ्कले देखाएको छ। पालिकाभित्रका सामुदायिक विद्यालयबाट एसईईमा सहभागी हुने विद्यार्थीको सङ्ख्या संस्थागत विद्यालयको भन्दा धेरै भए पनि उत्तीर्ण प्रतिशत भने कम रहेको छ। पालिकाले शिक्षाको सुधारका लागि आन्तरिक स्रोतबाट गत आर्थिक वर्ष २०८२/०८३ मा ६ करोड ४३ लाख ४० हजार ७८४ रुपैयाँ, २०८१/०८२ मा ६ करोड २६ लाख ४४ हजार १८२ रुपैयाँ र २०८०/०८१ मा ५ करोड २० लाख २८ हजार ४७० रुपैयाँ शिक्षाका लागि विनियोजन गरेको थियो।

cld

यसरी तीन आर्थिक वर्षमा शिक्षाका लागि पालिकाले कुल १७ करोड ९० लाख १३ हजार ४३६ रुपैयाँ बजेट विनियोजन गरेको देखिन्छ। तर, शिक्षामा वर्षेनी करोडौँ रुपैयाँ लगानी भइरहे पनि सामुदायिक विद्यालयको एसईई नतिजामा अपेक्षित सुधार हुन सकेको छैन। २०८२ को एसईईमा सामुदायिक विद्यालयबाट ७१६ विद्यार्थी परीक्षामा सहभागी भए जसमध्ये ४६२ जना उत्तीर्ण भएका थिए। संस्थागत विद्यालयबाट १७३ विद्यार्थी परीक्षामा सहभागी भए जसमध्ये १५३ जना उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाले जनाएको छ । 

त्यसैगरी २०८१ को एसईईमा सामुदायिक विद्यालयका ४२३ विद्यार्थी परीक्षामा सहभागी भए जसमध्ये २८५ जना उत्तीर्ण भएका थिए। संस्थागत विद्यालयबाट १५३ विद्यार्थीले परीक्षा दिएकोमा १३१ जना उत्तीर्ण भएका थिए।भने २०८० को एसईईमा सामुदायिक विद्यालयबाट ७३० विद्यार्थी परीक्षामा सहभागी भएकोमा २४९ जना मात्रै उत्तीर्ण भएका थिए। संस्थागत विद्यालयबाट १४६ विद्यार्थीले परीक्षा दिएकोमा १०९ जना उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाले जनाएको छ । 

शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका अनुसार तीन वर्षको तथ्याङ्क हेर्दा सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको उत्तीर्ण दर लगातार बढी देखिएको छ। २०८० मा सामुदायिक विद्यालयको उत्तीर्ण दर करिब ३४ प्रतिशत रहेकामा संस्थागत विद्यालयको करिब ७५ प्रतिशत थियो। २०८१ मा सामुदायिक विद्यालयको उत्तीर्ण दर करिब ६७ प्रतिशत र संस्थागत विद्यालयको करिब ८६ प्रतिशत पुगेको थियो। २०८२ मा सामुदायिक विद्यालयको उत्तीर्ण दर करिब ६५ प्रतिशत हुँदा संस्थागत विद्यालयको करिब ८८ प्रतिशत रहेको छ।

सामुदायिक विद्यालयको नतिजामा सुधार हुँदै गए पनि संस्थागत विद्यालयसँगको अन्तर अझै कायमै रहेको देखाउँछ। शिक्षामा ठूलो रकम लगानी भइरहे पनि लगानीअनुसारको शैक्षिक उपलब्धि हासिल हुन नसकेको विषयमा नगरपालिकाले नतिजामुखी कार्यक्रम र लगानीको प्रभावकारितामाथि समीक्षा गर्नुपर्ने देखिन्छ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.