bardiyahospital

वर्षाले बिगारेका बर्दिया राष्ट्रिय निकुञ्जका सडक मर्मत हुँदै 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  पानी परेपछि बिग्रिएका बर्दिया राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मतको काम निकुञ्जले सुरु गरेको छ । पानी परेपछि सडकमा खाल्डाखुल्डी पर्नुका साथै केही स्थानमा आवागमन समेत असहज भएपछि निकुञ्जले सडक मर्मतको काम सुरु गरेको हो।

पर्यापर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो समय जंगल सफारीका लागि आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। निकुञ्ज घुम्न आउने पर्यटकलाई सहज रूपमा वन्यजन्तु अवलोकन गराउन आवश्यक पर्ने सडक मर्मतलाई निकुञ्जले प्राथमिकतामा राखेर काम गरेको छ ।

cld

 वर्षायाममा बिग्रिएका सडकका खाल्डाखुल्डी पुर्ने, सडक सम्याउने र आवश्यक स्थानमा ग्राभेल हाल्ने, सडक किनारमा रहेका अग्ला घाँस तथा झाडी काटेर आवागमन सहज बनाउने काम समेत भइरहेको निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी महेश न्यौपानेले बताउनु भयो । उहाँले सडक मर्मत भएपछि पर्यटकलाई निकुञ्जभित्र सहज रूपमा आवतजावत गर्दै वन्यजन्तु अवलोकन गर्न सहयोग पुग्नेछ। त्यसबाहेक निकुञ्जले नियमित रुपमा गर्दै आएको गस्तीका लागि कर्मचारीलाई आवतजावत गर्न समेत सहज हुने बताउनु भयो ।

रोयल टाइगर कटेजका सञ्चालक रामबहादुर शाहीले निकुञ्जभित्रमा सडक मर्मत भएपछि निकुञ्ज घुम्न आउने पर्यटकलाई ल्याउन र लैजान सहज हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ बाटो बनेपछि निकुञ्जभित्र जाँदा सहज रुपमा वन्यजन्तु देखाउन सकिन्छ । जसले गर्दा पर्यटन गतिविधि बढ्छ ।  पर्यटन उद्योगमा फस्टाउँछ  ।’

 निकुञ्जले निश्चित रुट प्रयोग गर्न दिने गरी बर्खायाममा पनि जंगल सफारी खुल्ला राखेको थियो । निकुञ्जमा बर्खायाममा पनि करिब एक हजार जनाले जंगल सफारी गरेका थिए ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.