bardiyahospital

बर्दियामा ७१औँ नेपाल प्रहरी दिवसको अवसरमा रक्तदान

Geruwa GIF

कृष्णसार अनलाइन । ७१औँ नेपाल प्रहरी दिवसको अवसर पारेर बर्दियामा रक्तदान कार्यक्रम गरिएको छ । ७१औँ प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा गुलरियामा रक्तदान कार्यक्रम गरिएको हो ।

पछिल्लो समय रगत चढाउने बिरामीको संख्या बढ्दै गएपछि स्वास्थ्य संस्थामा रगतको अभाव हुँदै गएको छ । बर्दियाका स्वास्थ्यमा देखिएको रगतको अभावलाई परिपूर्ति गर्नका प्रहरीले रक्तदान कार्यक्रम गरेको हो ।

cld

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले रक्तदान कार्यक्रममा ४१ जना प्रहरीले रक्तदान गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यस वर्ष ‘नेपाल प्रहरी विपतको सारथी, संकटमा छहारी स प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औँ नेपाल प्रहरी दिवस मनाइएको छ। आजको दिन प्रहरीहरूका लागि महत्त्वपूर्ण दिन भएकाले प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.