bardiyahospital

बर्दियामा ३७ जना नवजात शिशु मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन ।  बर्दियामा तीन वर्षमा  ३७ जना नवजात शिशुको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार तीन वर्षमा  ३७ जना नवजात शिशुको मृत्यु भएको छ । 


सरकार सुरक्षित मातृत्व अन्तर्गत विभिन्न कार्यक्रम निःशुल्क प्रदान गर्दै आइरहेको छ । तर बर्दिया अझैपनि नवजात शिशुको मृत्यु भएको छ ।  कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा ९ जना नवजात शिशुको मृत्यु भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ११ जना नवजात शिशुको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १७ जना नवजात शिशुको मृत्यु भएको   स्वास्थ्य कार्यालयले बर्दियाले जनाएको छ । 

cld


स्त्री रोग विशेषज्ञ डा. कृष्ण खनालले स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चामा देखिनसक्ने जटिलता तत्काल पहिचान गरी उपचार गर्न सहज हुने भएकोले स्वास्थ्य संस्थामा सुत्केरी गराउन पर्ने बताउनु भयो । उहाँले स्वास्थ्य संस्थामा सुत्केरी भएमा आमा वा नवजात शिशुमा कुनै स्वास्थ्य समस्या देखिएमा तत्काल आवश्यक उपचार र विशेषज्ञ सेवा उपलब्ध हुने भएकोले सुत्केरी गराउँदा स्वास्थ्य गराउन सुझाव दिनुभयो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.