bardiyahospital

जंगलको बीचमा ट्रि–हाउस : पर्यटकका लागि नयाँ गन्तव्य

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  कोलाहल मन नपराउने एकान्त प्रिय मान्छेको रोजाइ ट्रि– हाउस हो । यो ट्रि– हाउस सामुदायिक वनको बीचमा छ । जहाँ दैनिक बाघ चितुवा चितल लगायतका वन्यजन्तु आवतजावत गर्छन् । कहिलेकाहीँ वन्यजन्तु ट्रि–हाउसको मुनी बस्ने गर्छन् । कहिलेकाँही हात्तीको बथान पनि सोही बाटो भएर हिड्ने गर्छ ।

धेरै मान्छेहरू यहाँ बस्ने हिम्मत गर्दैनन् । तर केही साहसिक र रोमाञ्चकता मन पराउने व्यक्तिका लागि यो सामान्य कुरा हो । बर्दियाको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा यस्ता ट्रि–हाउस ३ वटा छन् । जहाँ बस्न देशविदेशबाट पर्यटक आउने गर्छन् ।

cld

ठाकुरबाबा नगरपालिका, ९ को बिन्द्रापुरी र बानुगाउँ मध्यवर्ती सामुदायिक वनमा दुईवटा ट्रि– हाउस रहेको छ । भने अर्को मधुवन नगरपालिका, १ डल्लामा रहेको शिव सामुदायिक वनमा रहेको छ । पर्यटकका लागि निर्माण गरिएको ट्रि– हाउसमा बस्न बर्सेनी एक हजार भन्दा बढी पर्यटक आउने गरेको छन् ।

सामुदायिक वनमा जाँदा हात्ती बाघ, चितुवा, गैँडा, निलगाईले, मयुर, चराको अनेक प्रजाति वन्यजन्तु र चराहरू देख्न सकिन्छ । भनिन्छ, ‘जङ्गलको आफ्नो निश्चित नियम हुँदैन ।’ त्यसकारण यहाँ आउँदा सावधानी अपनाउनु पर्ने हुन्छ । ट्रि–हाउसमा बस्न चाहने व्यक्ति उज्यालोमा पनि नै ट्रि–हाउसमा पुग्नुपर्छ । ट्रि–हाउस बस्न जाँदा ५र६ जनासम्म जान सकिन्छ ।

यहाँका बस्नका लागि पहिला नै ट्रि– हाउसलाई बुक गर्नुपर्ने हुन्छ । एकरात यहाँ बसेको एकजना नेपालीले प्रतिव्यक्ति ५ सय रुपैयाँ र एक जना विदेशीले ७ सय रुपैयाँ शुल्क लाग्ने बिन्द्रापुरी मध्यवर्ती सामुदायिक वनले जनाएको छ । यहाँ बस्न आउँदा बाहिरबाट खाना, पानी लैजानु पर्छ । यहाँ बस्दा होहल्ला गर्न पाइदैन् ।

ठाकुरबाबा नगरपालिका, ९ मा बनतरिया गाउँ नजिक रहेको ट्रि–हाउसमा बसेर फर्किनु भएका गुलरिया , ४ का सुशील ज्ञवालीले ट्रि हाउसको बसाई आरामदायी भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ हामी केही साथीहरू मिलेर बस्न गएका थियौ । त्यहाँ बस्दा रातभर विभिन्न वन्यजन्तु र चराहरू कराएको सुनियो । साँचिक्कै त्यो बसाइ मेरो लागि नयाँ थियो । मेरो लागि त्यो रातको बसाइको अनुभव साँच्चिकै शब्दमा व्यक्त मैले सक्दिनँ । त्यो नवीन अनुभव गर्न फेरि पनि त्यहाँ सोच बनाएको छु ।’

ट्रि – हाउसमा बसेर फर्किएका गुलरिया नगरपालिका, ४ का अमरराज लम्सालले ट्रि– हाउसमा बस्न जाँदा मोटरसाइकल बनतरिया गाउँको एकजना साथीको घरमा राखेर करिब २० मिनेट जंगलभित्र हिडेर गएको बताउनु भयो  । ‘मोटरसाइकल राखेर जंगल प्रवेश गरेको ५ मिनेट भएको थियो, नजिकै बाघ करायो । बाघ कराएपछि डर पनि लाग्यो । त्यहाँका साथीहरूले बाघ टाढा छ आतिनु पर्दैन भनेर सान्तवना दिएपछि मन ढृुक्क भयो । त्यसपछि हामी ट्रि हाउस पुग्यौ ’ उहाँले भन्नुभयो,,जब बिहान ट्रि– हाउस फर्किदै थियौ । हामी जुन बाटो गएका थियौ त्यहीँ बाटोमा बाघको पाइला देखियो । मनमनै सोचे धन्न हिजो साँझ बाघसँग जंकाभेट भएन बाघको पाइला देख्ने बितिकै मनमनै सोचे धन्न बाँचियो । ’

ट्रि– हाउस एकान्तमा छ । यहाँ साथीभाइ र परिवारको साथमा बस्न सकिन्छ । यहाँ वन्यजन्तु र चरा देख्न र उनीहरुको आवाज मात्र सुन्न पाइन्छ । यहाँ बिजुली बती छैन् । त्यसैले यहाँ क्यान्डिल डिन्नर गर्न पाइन्छ । रातिको समयमा ट्रि – हाउसको बार्दलीमा बसेर जनावरको गतिविधि हेर्न सकिने भएकोले वन्यजन्तु प्रेमिहरुका लागि यो उपयुक्त छ । ट्रि– हाउस सेवा सुविधाको हिसाबले पनि उपयुक्त नै छ । यहाँ शौचालय छ । खानाखानको लागि टेबुल कुर्सी छ । सुत्नका लागि आरामदाय बिस्तारा छ । ट्रि– हाउस जंगलको बीचमा रहेको हुँदा यो रोमान्चक र साहसिक पनि मानिन्छ ।

प्रकृति पद प्रर्दशक नारायण चौधरीले बर्दियाको पर्यापर्यटनका लागि ट्रि हाउस महत्वपूर्ण भएको बताए । उनले भने, ‘ एकान्त जंगलको बीचमा रात बिताउनु सामान्य कुरा होइन् । ट्रि – हाउसमा बस्नु भनेको प्रकृतिसँग रमाउनु हो । जंगलको बीचमा रात बिताउनु भनेको नयाँ, नवीन र नौलो अनुभव गर्नु पनि हो । यहाँ बस्दा चितुवा , बाघ र हात्ती चित्तलको बथान हेर्न अवसर पनि हो ।’

पछिल्लो समय ट्रि– हाउस घुम्न आउने पर्यटकको संख्यामा बढ्दै गएको छ । यो पर्यटन उघोगको लागि महत्त्वपूर्ण भएको चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बर्दियामा बाघले मान्छे मार्यो भनेर प्रचार गरिन्छ । जसले गर्दा पर्यापर्यटन उघोगलाई असर पुगेको छ । बाघ धेरै नै लजालु वन्यजन्तु हो, यो सितिमिति बाहिर आउँदैन् । त्यहीँ भएर बर्दिया घुम्न आउने पर्यटकलाई बर्दिया सुरक्षित गन्तव्य हो भनेर प्रचार गर्न पनि आवश्यक छ । भने फरक अनुभव र अनुभूति गर्न चाहने पर्यटकका लागि ट्रि – हाउस एक महत्वपूर्ण गन्तव्य हो ।’

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.