bardiyahospital

सडक दुर्घटनामा परेर थापाको मृत्यु 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा भएको सडक दुर्घटना एकजना किशोरको मृत्यु भएको छ। सडक दुर्घटनामा परेर बाँकेको कोहलपुर नगरपालिका,९ का १६ वर्षीय रिदम थापाको मृत्यु भएको हो।

हुलाकी राजमार्गको बढैयाताल गाउँपालिका, ८ सितलबजार सडक खण्डमा कात्तिक २३ गते बिहान साढे ७ बजे भे १४ प ८६२४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोकिएर दुर्घटनामा भएको थियो । 

cld

दुर्घटनामा मोटरसाइकल चालक कोहलपुर नगरपालिका, ९ का २० वर्षीय दीक्षित श्रेष्ठ र पछाडि सवार थापा घाइते भएका थिए। गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भारतको लखनउको अस्पताल लगिएको थियो। उपचारका क्रममा कात्तिक २४ गते बिहान ७ बजे थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ मोटरसाइकलमा सवार थापाको मृत्यु भएको छ । भने मोटरसाइकल चालक श्रेष्ठको लखनउको अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी तथा ट्राफिक प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा परेर घाइते भएका चालक श्रेष्ठ र थापालाई तत्काल उपचार लागि पठाएको थिए ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.