
प्रकाश पौडेल, गुलरिया । बर्दियामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट राजापुर नगरपालिका, १० मझरा वर्षीया १३ वर्षीया कमला सिंह ठकुरीको मृत्यु भएको हो ।
घरको आँगनमा खेलिरहेको अवस्थामा सोमबार साँझ ५ बजे चितुवाले आक्रमणबाट बालिकालाई बेपत्ता बनाएको थियो । बालिकालाई खोज्दै जाने क्रममा घरदेखि करिब ३ सय मिटर टाढा पश्चिम दक्षिण सिमलको झ्याङ बालिकाको शब फेला परेको थियो । चितुवाको आक्रमणबाट मृत्यु भएकी बालिकाको घाँटी लगायत शरीरका संवेदनशील अङ्गमा गम्भीर चोटपटक लागेको प्रहरीले जनाएको छ ।


