bardiyahospital

बढैयातालमा निर्वाचन कार्यालयको सर्वदलिय बैठक सम्पन्न

Geruwa GIF

ज्ञानेन्द्र पोखरेल
बढैयाताल ।
निर्वाचन अधिकृतको कार्यालय बढैयातालले आज सर्वदलिय बैठक सम्पन्न गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि सर्वदलिय सर्वपक्षिय बैठक बसेको हो ।

बैठकमा स्थानिय तहको निर्वाचनका लागि निर्वाचन आयोगद्वारा निर्धारण गरिएको कार्याताललिका बारे छलफल गरिएको थियो । बैशाख ११ र १२ गते मनोनयन दर्ता कार्यलाई कसरी मर्यादित र सम्मानित तरीकाले गर्न सकिन्छ भन्ने विषयमा छलफल गरीएको छ । आयोगले तोकेको कार्यतालिका बमोजिमका कार्यक्रमलाई सफल बनाउनका लागि सबैको सहयोगको अपेक्षा गरीएको बढैयाताल निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विनोद गौतमले बताउनु भयो । छलफलमा निर्वाचन आचारसंहिता, स्वयम् घोषणा लगाएतको विषयमा सबै राजनैतिक दलहरुको प्रतिक्रिया लिईएको थियो ।

cld

मनोनयनको लागि यस बढैयाताल गाउँपालिका भित्रका दलहरुलाई समय सिमा समेत निर्धारण गरिएको जानकारी सहायक निर्वाचन अधिकृत धर्मराज न्यौपानेले गराउनु भयो । उहाँले सबैदलहरुलाई तोकिएको समयमा उम्मेदवारी दर्ता गर्नका लागि आव्हान गर्नु भयो ।

बढैयाताल निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विनोद गौतमको अध्यक्षतामा भएको सर्वदलिय सर्वपक्षिय बैठकमा बढैयातालमा निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत धर्मराज न्यौपाने, बढैयाताल गाउँपालिका उपाध्यक्ष दिपा गौतम, नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनमत पार्टी(सिके रावत) लगाएतका राजनीतिक दलका प्रतिनीधि, नागरिक समाज र सञ्चारकमीर्, सुरक्षा निकाय लगाएतका प्रतिनीधिहरु उपस्थीती रहेको थियो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.