bardiyahospital

बर्दियाका दुई पालिकामा गठबन्धन हुने

Geruwa GIF

मुकुन्द सुवेदी
बर्दिया ।

बर्दियाको २ वटा पालिकामा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने भएको छ । जिल्लाको बाँसगढी नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच गठबन्धन हुने भएको हो ।

cld

२०७४ को निर्वाचनमा नेकपा एमालेले जितेको यस पालिकामा प्रमुख, उप्रमुख र सातवटामा वडाध्यक्ष र नेकपा एकीकृत समाजवादीले २ वटा वडा अध्यक्ष लिने सहमति भएको र अन्य वडामा वडा सदस्य एकिकृत समाजवादी र मेयर उपमेयर, ७ वटा वडा अध्यक्ष र वडा सदस्य नेकपा माओवादी केन्द्रले लिने सहमती भएको नेकपा माओवादी केन्द्र बाँसगढी नगर उपाध्यक्ष भिम खत्रीले जानकारी दिनु भयो । नेपाली काँग्रेससंग पनि लामो समय देखी गठबन्धनको प्रयास गरे पनि गठबन्धन हुने सम्भावना टरेपछि नेकपा एकिकृत समाजबादी संग गठबन्धन गरिएको उहाँले बताउनु भयो । बाँसगढी नगरपालिकामा ९ वटा वडा रहेका छन् ।

यस्तै बढैताल गाउँपालिकामा पनि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस बीच गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको छ । सहमति अनुसार नेकपा माओवादी केन्द्रले पालिका अध्यक्ष सहित ३ वडा र नेपाली कांग्रेसले उपाध्यक्ष सहित ६ वडा अध्यक्षमा उमेदवारी दिने सहमति नेपाली कांग्रेसका स्थानीय नेता शम्भु रिजालले जानकारी दिनुभयो । लामो समय देखि माओवादी केन्द्र, नेपाली काँग्रेस र एकीकृत समाजवादी बीच तालमेलको प्रयास भएपनि भागबण्डामा आफुलाई हेपेको भन्दै एकिकृत समाजवादी गठबन्धनबाट बाहिरिएको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.