
यज्ञप्रसाद सापकोटा
बर्दिया।
बर्दियाको बारबर्दिया नगरपालिका १० नं वडा कार्यालयले सुकुम्बासी बस्तीमा जोतभोगको निस्सा प्रमाण बाँडीरहेको छ । चुनावलाई नै प्रभावित गर्ने गरी निस्सा प्रमाण बाँडिएको भन्दै अन्य दलका कार्याकर्ताहरुले विरोध गरेका छन् ।
हेर्नुहोस् भिडियो ।

२०७४ सालमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका वडाध्यक्ष निरञ्जन कुमार चौधरीले चुनाव प्रचार प्रसार सँग सँगै निवेदन दर्ताको निस्सा घर घरमा गएर वितरण गरेको खुलासा भएको छ । बारबर्दिया नगरपालिकाको वडा नं १० खटही फाँटामा निस्सा वितरण गरीएको छ । चुनाव नै प्रभावित पार्ने गरी निस्सा वितरण गरेपछि व्यापक विरोध भएको छ । आचार संहिता लागु भएको र चुनाव आउन एक हप्ता मात्र बाँकी रहँदा समेत निर्वाध रुपमा निस्सा वितरण गरीएको छ । निर्वाचन आचारसंहितामा कुनैपनि दलले मतदातालाई प्रलोभनमा पर्न नपाईने उल्लेख गरेको भएपनि प्रलोभनमा पार्नका लागि निस्सा वितरण गरीएको स्पष्ट देखिन्छ ।
‘भुमि सम्बन्धी समस्या समाधान आयोग २०७६ बारबर्दिया नगरपालिका लगत संकलन इकाई निेदन दर्ताको निस्सा’ उल्लेख गरीएको सो कागजात २०७८ साल फागुन २३ गते बनेको देखिन्छ । फागुन २३ गते बनेको निस्सा चुनावको समयमा आएर वितरण गरीनु चुनावलाई प्रभावित पार्ने उद्देश्य रहेको बारबर्दिया नगरपालिका वडा नं १० का भुपाल सिंहले बताए । उनले भने –‘दर्ताको समयमा बाँड्नु पर्ने निस्सा अहिले अफिसबाट होइन, होटल, बरघर र व्यक्तीका घरबाट वितरण भईरहेको छ यो निर्वाचन आचारसंहिताको विपरीत हो कि होईन ?’
कतिपय निस्सा नेकपा माओवादी केन्द्रको घरदैलो अभियानमा नै वितरण गरीएको स्रोतले जनाएको छ । यस विषयमा बारबर्दिया नगरपालिका १० नं वडाका वडाध्यक्ष निरञ्जनकुमार चौधरीलाई पटक पटक फोन गर्दा उठाउनु भएन भने म्यासेजको रिप्लाई समेत गर्नु भएन ।
बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद अधिकारीले निस्सा बाँडेको खबर पाउना साथ प्रहरी टोलीलाई खटाएर वितरण कार्य रोकेको बताउनु भयो । चुनाव अगाडी सम्म वितरण गर्नका लागि रोकीएको उहाँले बताउनु भयो ।


