bardiyahospital

स्थानीय तह सदस्य निर्वाचन : पाँच वडाध्यक्ष विजयी

Geruwa GIF

यज्ञप्रसाद सापकोटा/बर्दिया,३१ बैशाख
बर्दियाको गुलरिया नगरपालिकाको वडा नं १ मा नेपाली काँग्रेसका उम्मेदवार जोगीराम थारु वडाध्यक्षमा विजयी हुनुभएको छ । उहाँले एक हजार ३३९ मत ल्याउनु भएको छ । भने उहाँका निकटतम प्रतिद्धन्द्धी रामसुमिरन यादवले एक हजार चार मत ल्याउनु भएको छ ।
गुलरिया नगरपालिका वडा नं १ को मतपरिणाम अनुसउार नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार मुक्तीनाथ यादवले एक हजार दुई सय ९९ मत, उपप्रमुख सावित्रा गौतमले एक हजार दुई सय ८८ नेकपा एमालेका उम्मेदवार अमर खड्काले ६ सय ८३ र उपप्रमुखको उम्मेदवार सात सय २९ मत ल्याउनु भएको छ । त्यसैगरी नेकपा माओवादी के्रन्द्रका नगरप्रमुखका उम्मेदवार गेहेन्द्र्र ढकालले तिन सय ५१ र उप्रमुख इन्दिरा सुवेदलीले तिन सय १० मत ल्याउनु भएको छ ।
बारबर्दिया नगरपालिका वडा नं १ बाट नेपालीकाँग्रेसका उ्रम्मेदवार कैलाश पति थारु विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार खिमानन्द पाठकले ९ सय ७२ ल्याउनु भएको छ । बारबर्दिया नगरपालिका वडा एकमा नगरप्रमुखमा नेपालीकाँग्रेसका उम्मेदवार छविलाल चौधरीले एक हजार एक सय १० नेकपा एमालेका उम्मेदवार पदम ढकालले नौ सय २७ र नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदिन चौधरीले ६ सय ४८ मत ल्याउनु भएको छ । त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार रत्नकुमारी पाण्डले एक हजार ४०, नेकपा एमालेकी उम्मेदवार नारायणी चौधरीले नौ सय ७२ र नेकपा माओवादी के्रन्द्रकी उम्मेदवार शोभा थारुले ६ सय ५६ मत ल्याउनु भएको छ ।
बाँसगढी नगरपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयराज पाण्डेले ६ सय १५ मत ल्याएर वडाध्यक्ष मा विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार ऐनबहादुर बुढाले ६ सय १२ मत ल्याउनु भएको छ । वडा नं एकको मत गणना हुँदा सम्म नगरप्रमुखमा नेकपा एमालेका खड्गबहादुर खड्काले ६ सय ७ नेपालीका काँग्रेसका उम्मेदवार सविन थापाले ३८ र नेकपा माओवादी केन्द्रका प्रमुख भवनकुमार थारुले ५ सय ९४ मत ल्याउनु भएको छ । त्यसैगरी उपमेयरमा नेकपा एमालेकी इन्द्रा थारुले ६ सय, नेपाली काँग्रेसकी आकाश थारु सोमतीले ३८ र नेकपा माओवादी केन्द्रकी उम्मेदवार भुमि विटालुले पाँच सय ९५ मत ल्याउनु भएको छ ।
गेरुवा वडा नं ६ मा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण गोपाल चौधरीले एकहजार चार सय ७२ मत ल्याएर वडाध्यक्षमा विजयी हुनु भएको छ । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका राजेन्द्र चौधरीले एक हजार एक सय ३८ ल्याएका छन् ।
राजापुर नगरपालिका नगरपालिका वडा नं १ मा बाबुराम चौधरीले नौ सय ३७ मत ल्याएर विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादीकेन्द्रका उम्मेदवार ८ सय १६ मत ल्याएका छन् राजापुर नगरपालिका वडा नं १को मतगणना सकिदै गर्दा नेपाली काँग्रेसका उम्मेदवार दिपकजंग शाहले एक हजार २०४ मत ल्याउनु भएको छ । भने नेकपा माओवादी केन्द्रका उम्मेदवार राजेश थारु दिपेशले ८ सय ४९ र नेकपा एमालेका पहारी थारु ले ३ सय ९२ ल्याउनु भएको छ । त्यसैगरी उपमेयरमा नेपाली काँग्रेस यसोदा चौधरीले १०२५, नेकपा माओवादी केन्द्रका उम्मेदवार मनकला चौधरी ९७६ र नेकपा एमालेको उम्मेदवार सावित्री बख्रेलले ४ सय २५ मत ल्याउनु भएको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.