Division forest_Ads
Barista_Training

बर्दियामा ५३ ओटा हुँदै गरेका बालविवाह राेकिए 

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया ।

बर्दियामा ५३ ओटा हुँदै गरेका बालविवाहमा रोकीएको छ । दलित महिला उत्थान संघ बर्दियाले बालविवाह तथा चाँडै हुने विवाह न्यनीकरण र रोकथाम परियोजनाका किशोर किशोरी सञ्जाल, संयुक्ता सञ्जाल, प्रहरी, न्यायीक समिति र स्थानीय समुदायले हुँदै गरेका बालविवाह रोकेका हुन् ।

जिल्लाका तिन ओटा नगरपालिकामा सक्रिय रहेका किशोर किशोरी सञ्जाल र संयुक्त सञ्जालको पहलमा बालविवाह रोकीएको हो । ठाकुरबाबा नगरपालिका ११ ओटा, गुलरिया नगरपालिकामा १७ ओटा र मधुवन नगरपालिकामा २५ ओटा बालविवाह परामर्श गरी रोकिएको परियोजनाकी कार्यक्रम अधिकृत जिरा वि.क.ले बताउनु भयो । बालविवाह राेकिएका बालवालिकाहरु हाल अधिका‌‌श अध्ययनमा फर्किएका छन् ।

Basgadhi PSA_final


त्यसैगरी वालविवाह र छिटो हुने विवाह रोक्नका लागि र सचेतनामुलक कार्यक्रम गर्नका लागि तिन ओटा नगरपालिकामा नगरस्तरीय किशोर किशोरी सञ्जाल र संयुक्त सञ्जाल गठन गरीएको छ । किशोर किशोरी सञ्जाल र संयुक्त सञ्जालको ४८ /४८ ओटा बैठक बसेको छ । त्यसैगरी तिन ओटा नगरपालिकाको ९ स्थानमा सचेतना मुलक होर्डिङ्गबोर्ड राखिएको छ ।


एक पालिकामा १४ जना महिलाहरु गरी तिन ओटा पालिकाहरुमा ४२ जना महिलाहरुलाई व्यवसायीक तालिम दिईएको छ । ति महिलाहरुलाई सिलाईकटाई, खाजानास्ता, र व्युटिपार्लर तालिमको आयोजना गरीएको छ । सहभागीहरुलाई तालिम र व्यवसाय स्थापनाका लागि सामाग्री वितरण गर्दा प्रत्येक जनालाई ४० हजार बराबरको रकम खर्च भएको छ । कार्यक्रम संयोजक जिरा विकका अनुसार सहभागीहरु व्यवसायमा संलग्न भई आयआर्जन गरी जिविकोपार्जन गरीरहेका छन् । तालिममा सहभागी अधिकांश बालविवाहबाट पीडित महिला रहेका छन् । ठाकुरबाबा गुलरिया र मधुवन गरी तिन ओटै पालिकामा ३९८ जनाका दरले एक हजार एक सय ९४ जना सचेतीकरण कार्यक्रममा प्रत्यक्ष सहभागी भएर काम गरेका छन् ।


त्यसैगरी एक पालिकामा १४ जना गरी तिन ओटा पालिकामा ४२ जना बालवालिकाहरुलाई स्टेशनरी सपोर्ट गरीएको छ । न्युन आर्थिक अवस्था भएका, वालविवाहको जोखिममा रहेका र संस्थाले परामर्श गरेर बालविवाह हुनबाट जोगिएका बालवालिकाहरुलाई स्टेशनरी सपोर्ट गरीएको वि.कले बताउनु भयो । उनीहरुलाई प्रतिव्यक्ती तिन हजार बराबरको व्याग, किताव, कपी, कलम र ड्रेस उपलब्ध गराईएको थियो ।


दुई बर्ष अगाडी २०२० जुन १५ देखि बर्दियाका तिन ओटा पालिकाहरुमा परियोजनाको सुरुवात भएको थियो । गुलरिया नगरपालिकाको २,३,८ र ९ वडा, मधुवन नगरपालिकाको १,२,३ र ५ नं वडा र ठाकुरबाबा नगरपालिकाको २,४ र ८ नं वडामा परियोजनाको कार्यक्रम सञ्चालित रहेको थियो ।
गर्लस् फर फण्डको ७९ लाख ९६ हजार आर्थिक सहयोगमा सञ्चालित परियोजनाले बालविवाह र चाँडै हुने विवाह न्युनीकरणका लागि काम गरेको परियोजना अधिकृत वि.क.ले बताउनु भयो । परियोजना अवधिभरी २३ ओटा क्रियाकलाप गरीएको उहाँले बताउनु भयो ।

 

Leave A Reply

Your email address will not be published.