Division forest_Ads
Barista_Training

माधव नेपालसँग झलनाथ असन्तुष्ट

Geruwa GIF

काठमाडौं, ८ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच सम्बन्ध चिसिएको छ । मन्त्रीहरु हेरफेरको निर्णय कार्यान्वयनमा ढिलाई भएको भन्दै सम्मानित नेता खनालले अध्यक्ष नेपालसँग असन्तुष्टि राख्दै आउनु भएकाे थियाे ।

Basgadhi PSA_final

आज पनि उहाँले यो विषयमा अध्यक्ष नेपालको ध्यानाकार्षण गराउनु भएकाे थियाे । फेरिन लागेका मन्त्रीहरुले नै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष तत्काल मन्त्रीहरु फेर्ने निर्णय कार्यान्वयन नगर्न दबाब दिएका छन् । प्रधानमन्त्री देउवाले पनि तत्काल मन्त्रीहरु हेरफेर नगर्ने सन्देश दिनु भएकाे छ।

एकीकृत समाजवादीले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै सत्ता गठबन्धनकै दलहरुमा असन्तुष्टि चुलिएको छ । मन्त्री बन्नेहरुको लर्को लागेको प्रचण्डको पनि गुनासो रहेकाे छ। एकीकृत समाजवादीमा मन्त्रीहरु फेर्ने निर्णय गराउनको लागि नेता खनालले नै दबाब दिनुभएकाे थियाे।

Leave A Reply

Your email address will not be published.