प्रकाश पाैडेल
तिमीलाई प्रत्येक स्पन्दनमा राखुँ राखुँ लाग्छ ।
बाँधेर मायाप्रेमको बन्धनमा राखुँ राखुँ लाग्छ।।
मेरो वस्तीका फूलहरु असुरक्षित हुँदै गएपछि,
भमरालाई पनि अनुशासनमा राखुँ राखुँ लाग्छ ।।
ए – जिन्दगानी हरेक प्यालामा आनन्द नखोज,
त्यो मधुशालालाई धड्कनमा राखुँ राखुँ लाग्छ ।।
यो बिज्ञापनको जमाना हो विज्ञापन जरुरी छ,
आफैँले आफैँलाई विज्ञापनमा राखुँ राखुँ लाग्छ ।।