bardiyahospital

गजल

Geruwa GIF
हरिप्रकाश भण्डारी
सायद अभाव थियो मुटुभित्र चिसो हिउँ जस्तो लाग्ने,
तिमिलाई भेटेपछी भएकोछु पग्लिउँ जस्तो लाग्ने।

 

यहाँ कति छ्न कति बोल्न पनि मन नलाग्नेहरु
एक तिमी छौ नमाग्दै जिन्दगी दिउँ जस्तो लाग्ने।

 

तिम्रो जीवनको तराईमा आधी आउन लाग्दा,
माया नै त हो पहाड बनेर उभिउँ जस्तो लाग्ने।

 

नबनोस हाम्रो सम्बन्ध कुनै व्यकार यात्रा जस्तो,
आधाबाटो हिडिसकेपछी फर्किउँ जस्तो लाग्ने।

 

अथाह प्यार गरेर बनायौ आमा तिमिले मलाई ,
सयौ जुनि तिम्रै कोखबाट जन्मिउँ जस्तो लाग्ने।।

 

बारबर्दिया, बर्दिया
online dubble sclaed
Leave A Reply

Your email address will not be published.