bardiyahospital

लागु औषध सहित तिन जना पक्राउ

Geruwa GIF

बर्दिया । बढैयाताल गाउँपालिका –२ फुटाहाको भारतीय सिमाना नजिकबाट ब्राउन सुगर सहित तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया बाँसगढि नगरपालिका –३ बस्ने उमेश खत्री, कृष्ण प्रसाद थारु र सुनिल थारु रहेका छन् ।

लागुऔषधको कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ३ ग्राम ३९० मिलिग्राम ब्राउनसुगर र नगद रु १० हजार एक सय २० रुपैयाँ सहित उनीहरुलाई फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनाको विरुद्धमा लागु औषध सम्बन्धी मुद्दा दर्ता गरेको छ । जिल्ला अदालत बर्दियामा मुद्दाको म्याद थप गरी अनुसन्धान गरीरहेको प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीले बताउनु भयो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.