Division forest_Ads
Edu_Barabardiya

प्रहरी हिरासतबाट भागेका खाँ पक्राउ

Bidhut Notice
Geruwa GIF

बर्दिया । इलाका प्रहरी कार्यालय मोतीपुर (बासगढी) को हिरासतबाटै फरार भएका अभियुक्त १४ दिनपछि पक्राउ परेका छन् । जबर्जस्ती करणी मुद्दामा अनुसन्धानको लागि हिरासतमा रहेका खजुरा गाउँपालिका ८ बाँकेका २६ बर्षीय अब्दुल खाँ पक्राउ परेका हुन् ।

Basgadhi PSA_final

बासगढी नगरपालिकाकी एक १५ बर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा हिरासतमा राखिएका खाँले गत साउन ९ गतेका दिन खाना खाने समयमा सेन्ट्री बसेका प्रहरीलाई झुक्याएर भागेका थिए ।

फरार भएका खाँलाई प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाको नेतृत्वमा खटिएको टोलीले साउन २३ गते बर्दिया बढैयाताल गाउँपालिका २ स्थित नेपाल भारत सीमा क्षेत्र नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

पक्राउ परेका खाँलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको प्रहरी नायव उपरिक्षक सुवेदीको भनाई छ ।

Leave A Reply

Your email address will not be published.