बर्दिया (गुलिरया)। जिल्ला प्रशासन कार्यालय बर्दियाले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनलाई मध्ये नजर गर्दै नजिकको प्रहरी इकाइमा हतियार बुझाउन सर्वजनिक सूचना जारी गरिएको प्रशासनले जनाएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनु भयो ।
हेर्नुहाेस् सूचना :