bardiyahospital

बाख्रापालक कृषकलाई उन्नत जातका बोका वितरण

Geruwa GIF

बर्दिया(मधुवन)
बर्दियाको मधुवन नगरपालिकामा रहेको सानोश्री सानाकिसान कृषि सहकारी संस्थाले ४३ घरपरिवार व्यवसायिक बाख्रा पालन गर्ने किसानलाई उन्नत जातको बोका वितरण गरेको छ । नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना अन्र्तगत बाख्रापालनमा सहभागी कृषकहरुलाई उन्नत जातको बोयर बोका वितरण गरेको हो ।


सानोश्री सानाकिसान कृषि सहकारी संस्थाले आयोजनाको सहयोगमा बाख्रापालनका लागि ४३ घरपरिवार कृषकहरुलाई अनुदान दिएको छ । उन्नत जातको बोका अनुदानमा उपलब्ध गराएर कृषकहरुको बाख्राको नश्ल सुधार गर्ने उद्देश्यले अनुदानमा उपलब्ध गराएको हो । नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाको ५० प्रतिशत अनुदान सहयोगमा सानोश्री सानाकिसान कृषि सहकारी संस्थाले चापकटर, दाना पिस्ने मेसिन, बाल्टि, जग, एप्रोन, बुट, लगाएतका सामाग्रीहरु वितरण गरीसकेको छ । त्यसैगरी बाख्राको व्यवस्थीत खोर निर्माण र कम्पोष्ट मल बनाउने स्थानको निर्माण गरीसकिएको छ ।

cld


कृषकहरुलाई व्यवसायीक रुपमा बाख्रापालनमा लगाई उनीहरुको जिवस्तर उकास्ने र मधुवन नगरपालिकालाई खसी बोकाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रापालमा अनुदान दिईएको सानोश्रीसानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष धर्मराज थापाले बताउनु भयो । उहाँले आगामी दशैँमा कृषकहरुले उत्पादन गरेका खसी बोका खरिद विक्रि गर्ने पाउने विश्वास व्यक्त गर्नु भयो ।

नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाको सहयोगमा सानोश्री सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा २०७८ भाद्र ८ गते देखि बाख्रापालन तथा खसीबोका उत्पादन कार्यक्रम सञ्चालन गरीरहेको छ । सहकारीको प्रस्तावमा ५० प्रतिशत कृषकले बेहोर्ने गरी दुई करोड बराबरको कार्यक्रमको सम्झौता भएको सहकारीका मुख्य प्रबन्धक दयाराम तिवारीले बताउनु भयो । उहाँले ५० जना कृषकहरु बाख्रा पालनका लागि छनौट हुनुभएकोमा हाल ४३ जनाले कार्यक्रम अन्र्तगत बाख्रापालन गरीरहनु भएको बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.