Division forest_Ads
Barista_Training

नगद सहित १२ जना जुवाडे पक्राउ

Geruwa GIF
Basgadhi PSA_final

 प्रकाश पौडेल
बाँके ।
इलाका प्रहरी कार्यालय कोहलपुरले १२ जना जुवाडे पक्राउ गरेको छ । कोहलपुरको म्याक्स होटलबाट जुवा खेली रहेको अवस्थामा नगद सहित १२ जना जुवाडे पक्राउ परेका हुन् ।
प्रहरीले  गोप्य सूचनाको आधारमा म्याक्स होटलमा छापा मारेर दुई लाख ३१ हजार एक सय ८० रुपैयाँ र ६ गड्डी तास सहित १२ जना पक्राउ गरेको प्रहरी उपरीक्षक ऐन बहादुर मल्लले बताउनु भयो ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं १ का राजु शाही, वडा नं २ का टोपराज जैसी, वडा नं  ११ का उपेन्द्र राना र आदित्य शाह रहेका छन् । त्यसैगरी कैलाली लम्कीचुहा नगरपालिका वडा नं ५ का सन्देश शाही, कैलाली घोडाघोडी नगरपालिका वडा नं २ प्रेमबहादुर मल्ल रहेका छन् । त्यसैगरी बाँके बैजनाथ गाउपालिका वडा नं ४ का लोकेन्द्र ढकाल, दैलेख नारायण नगरपालिका वडा नं १ का अर्जुन चन्द्र ठाकुर, सुर्खेत भेरीगङ्गा नगरपालिका वडा नं २ का विकास शाही, बर्दिया बाँसगढी नगरपालिका ४ का माधव गिरी । बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० का डम्बर बहादुर शाही, र वडा नं १२ का शिव गिरी रहेका छन् । 

Leave A Reply

Your email address will not be published.