Division forest_Ads
Barista_Training

 बालिका बने प्रहरी निरीक्षक र प्रधानाध्यापक

Geruwa GIF
Basgadhi PSA_final


बारबर्दिया
बर्दियाको बारबर्दिया नगरपालिकामा दुई जना बालिकाहरू प्रहरी निरीक्षक र प्रधानाध्यापक बनेका छन् । बालिकाको उत्प्रेरणा जनाउने उद्देश्यका साथ दशौँ अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा उनीहरूलाई एक दिनको लागि प्रहरी निरीक्षक र प्रधानाध्यापक बनाइएको हो ।
अब हाम्रो पालो हाम्रो अधिकारी हाम्रो भविष्य भन्ने नारा सहित बारबर्दिया नगरपालिका वडा नं ३ बस्ने १६ बर्षिया बालिका अर्चना चौधरीले एक दिनका लागि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलुवाबज्जाको प्रधानाध्यापकको भूमिका निभाउनु भएको हो । त्यसैगरी सोही वडामा रहेको इलाका प्रहरी चौकी बनियाभारको प्रहरी निरीक्षकको भूमिकामा १८ बर्षिया बालिका प्रतिभा थारूले एक दिनको लागि जिम्मेवार सम्हाल्नु भएको छ । 


कार्यक्रममा इलाका प्रहरी चौकी बनियाभार रामपुर को प्रहरी निरीक्षक हरिहर खड्काले अन्तराष्ट्रिय बालीका दिवसको अवसरमा मनाइएको  गर्ल्स टेक ओभरको अवसरमा यस इलाका प्रहरी कार्यालयको प्रमुख जस्तो गरिमामय पदमा हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।  श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको प्रधानाध्यापक मुकुन्द पौडेलले बालीकाको नेतृत्व विकास तथा सहभागिताका लागी प्रधानाध्यापकको पदीय जिम्मेवारी हस्तान्तरण गर्न पाउनु विद्यालयका लागी अवसर भएको बताउनु भयो ।
प्लान इनटरनेशनल नेपाल सामाजिक सचेतन सरोकार मञ्च (स्याक) र बि ग्रुप, बाँके युनेस्को क्लबको साझेदारीमा बालिका दिवस कार्यक्रमको आयोजना गरिएको हो । दिवसको अवसरमा किशोरीहरूले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघ स्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरूलाई ज्ञापनपत्र बुझाएका छन् । 

Leave A Reply

Your email address will not be published.