Division forest_Ads
Barista_Training

जलवायु परिवर्तन र रेड अवधारणा सम्वन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

Geruwa GIF

प्रकाश पौडेल/ बर्दिया (गुलरिया) । जलवायु परिवर्तन र रेड अवधारणा सम्वन्धी सरोकारवालासँग समन्वय बैठक तथा अन्र्तक्रिया सम्पन्न भएको छ । डिभिजन वन कार्यालय बर्दियाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत प्रवीण बिडारीले वन विनााश र क्षयीकरण कम गरेर वनबाट हुने कार्वन उत्सर्जन घटाउने साथै वनको संरक्षण, दिगो व्यवस्थापन र कार्वनको सञ्चिति बढाउने रणनीतिका साथ रेड कार्यान्वयन केन्द्रले काम गरेको बताउनु भयो । साथै वन अधिकृत बिडारीले कार्वन उत्सर्जनका कारणले हुने जलवायु परिवर्तनका असर कम गर्न पनि वनको संरक्षण र व्यवस्थापन गर्न जरुरी रहेको बताउनु भयो ।

Basgadhi PSA_final

नेपालमा जलवायु परिवर्तनको गर्दा हिउँ कम पर्ने, हिमताल फुट्ने, हिमनदी पग्लिने, जाडो कम हुने, पानीको मुहान सुक्ने, बाढी आउने सितलहर पर्ने, खडेरी पर्ने समस्या देखा परेको छ । यस्ता समस्याको कम गर्न विश्व नै एकजुट भएर लाग्नु पर्ने छ ।

विश्वमा करिवमा करिव ३० प्रतिशत जमिनमा वन रहेको छ । खेती वा अन्य प्रयोजनका लागि ०.२२ प्रतिशतका दरले वन विनाश भईरहेको छ । नेपालमा कुल भुभागको ४४.७४ प्रतिशत (६६ लाख हेक्टर) वन क्षेत्र रहेको छ । नेपालमा रहेको वनको ३० प्रतिशत वन समुदायले संरक्षण गर्दै आएको छ ।

जलवायु परिवर्तन र रेड अवधारणा सम्बन्धि सरोकारवाला तथा सञ्चारकर्मीसँग समन्वय कार्यक्रम रेड कार्यान्वयनको सहयोगमा सम्पन्न भएको थियो । सो कार्यक्रममा बर्दियाका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.