Division forest_Ads
Barista_Training

गोहोरो संरक्षण सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न

Geruwa GIF

बर्दिया (बारबर्दिया) । अन्र्तराष्ट्रिय सरिसृप जागरुक दिवसको अवसरमा गोहोरो संरक्षण सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बर्दियाली वन प्राविधिक समाजको आयोजनामा र डिभिजन वन कार्यालय बर्दियाको सहयोगमा गोहोरो संरक्षण सम्बन्धि एकदिने चेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

प्राकृतिक श्रोत्र व्यवस्थापन कलेज उदयपुर कटारी स्नातक तह वन विज्ञान छैटोँ सेमेस्टरमा अध्ययनरत निर्मल चौधरीले बारबर्दिया जयनगर पेट्यिट इङलिस मेडियम स्कुलमा कक्षा ७, ८,९ र १० अध्ययनरत ५० जना बिधार्थीलाईको उपस्थितिमा कार्यक्रम गरिएको बताउनु भयो । उहाँले सुन गोहोरो र भैसी गोहोरो गरेर दुइ प्रकारका हुने गरेको बताउनु भयो ।

Basgadhi PSA_final

गोहोरो खेतवारी नोक्सान गर्ने किरा, धमिरा, मुसा, इत्यादीलाई आहारा बनाउने भएकोले गोहोरो मानव समुदाय हितकारी जीव र किसानको साथी भएको बताउनु भयो ।

गोहोरोलाई मासुको रुपमा प्रयोग गर्दा, बोसो औषधीको रुपमा र छालालाई डम्फु, खैंजडी र डमरु बनाउन प्रयोग पछिल्लो दिनमा गोहोरो लाप हुदै गएको छ । साथै गोहोरोको छाला आकर्षक हुनाले यसको व्यापार अवैध ढंगले हुने गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षर ऐन २०२९अनुसार गोहोरो संरक्षित जनावर हो । यसलाई अवैध रुपमा चोरीनिकास अथवा कुनै पनि किसिमको हानी पुर्याउने कार्य गरेमा पाँच देखी दश लाखसम्म जरीवाना वा पाँच देखी पन्ध बर्षसम्म कैद वा दुबै सजाय हुन सक्छ ।

प्रत्येक बर्ष अक्टोवर २२ अन्र्तराष्ट्रिय सरिसृप जागरुक दिवस विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ ।

Leave A Reply

Your email address will not be published.