बर्दिया । तिहार अर्थात् दीपावली । हामीले घरमा बत्ती बाल्दा केही यस्ता ठाउँहरु छन् जहाँ हामीले दीपावली गर्न चाहिँ भुल्नु हुँदैन । हाम्रो धर्मशास्त्रमा भएअनुसार यी पाँच ठाउँमा बत्ती बाल्न नभुल्ने हो भने हामीलाई लक्ष्मीको कृपा रहन्छ ।
सबैभन्दा पहिले त घरको मुख्य ढोकामा दीपावली गर्नु आवश्यक हुन्छ । यसलाई लक्ष्मीको आगमन हुने ठाउँका रुपमा लिइन्छ । त्यस्तै, घरमा हामीले पैसा राख्ने ठाउँमा पनि बत्ती बाल्नै पर्ने हुन्छ । यस्तो ठाउँमा बत्ती बाल्न बिर्सिदा लक्ष्मीको ठूलो साथ नरहने विश्वास गरिँदै आएको छ ।
हामीले दीपावलीमा हाम्रो ग्यारेज वा गाडी राख्ने ठाउँमा पनि दीपावली गर्नु आवश्यक छ । तर, यसरी बाइक, गाडी वा अरु कुनै सवारीसाधन भएको ठाउँमा बत्ती बाल्दा अलिक होसियारी अपनाउनु पर्ने हुन्छ ।
घरमा पानी आउने ठाउँमा पनि बत्ती बाल्नुलाई निकै राम्रो मानिन्छ ।