Division forest_Ads
Barista_Training

आजदेखि सार्वजनिक यातायातलाई रुट परमिट नचाहिने

Geruwa GIF

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै सरकारले सार्वजनिक यातायातको रुट परमिट(सडक अनुमति)हटाएको छ ।

Basgadhi PSA_final

दशैका लागि लक्षित गरेर काठमाडौं बाहिर जाने र आउने यात्रुहरुको आवगमनलाई सहज र व्यवस्थित बनाउन आज बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म रुट परमिट खुल्ला गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । योसँगै अब यात्रुवाहक सवारीसाधन मुलुकका जुनसुकै ठाउँमा जान सक्नेछन् । त्यसका लागि सरकारसँग रुट परमिट लिनु पर्दैन ।

अब काठमाडौं उपत्यकासहित छोटो दुरीका सवारी साधन पनि लामो दुरीका लागि प्रयोग गर्न सकिन्छ ।

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर छाडेका धेरै यात्रु एकैपटक उपत्यका बाहिर जाने भएकोले दसैंमा सवारीसाधन अपुग हुन्छन् । जसकारण रुट परमिट खुल्ला गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.