गुलरिया । बर्दियामा सवारी साधनले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । नेपालगञ्ज देखि राजापुर जाने क्रममा भे १ ज १११२ नं को विङ्गर गाडीले ठक्कर दिँदा वीरेन्द्रनगर २ सुर्खेतकी स्थायी ठेगाना भएकी गुलरिया ४ बस्ने ४९ बर्षिया सुर्जकला राजीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बबई बहुमुखी क्याम्पस नजिक घर अगाडी पैदलयात्रा गरिरहेको समयमा विङ्गरले ठक्कर दिएको प्रहरीले जनाएको छ । सवारी साधन र सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।