Division forest_Ads
Barista_Training

नागरिक समाज र पत्रकारको निष्पक्ष भूमिका हुनुपर्ने

Geruwa GIF
Basgadhi PSA_final


प्रकाश पौडेल
गुलरिया ।
बर्दियाको गुलरियामा आयोजित एक कार्यक्रमका सहभागीहरूले नागरिक समाज र पत्रकारले आगामी निर्वाचनमा निष्पक्ष भएर लाग्नु पर्ने बताएका छन् । राजनीति पार्टीले  आचार संहिता उल्लंघन गर्ने गरेको हुनाले त्यसलाई न्यूनीकरण गर्नमा नागरिक समाज र पत्रकारको महत्वपूर्ण भूमिका रहने कार्यक्रममा बताईएको छ ।
दलित महिला उत्थान संघको आयोजनामा निर्वाचनमा नागरिक समाज र पत्रकारको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सो कुरा बताईएको हो ।
कार्यक्रममा निर्वाचन निष्पक्ष र भयरहित बनाउनका लागि पत्रकार र नागरिक समाजको भुमिकाको बारेमा छलफल गरिएको थियो । पत्रकार र नागरिक समाजको भूमिकाको विषयमा कानुन व्यवसायी एवं मानवअधिकार एलायन्सका अध्यक्ष केशव जि.सी. कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 


कार्यक्रममा बर्दिया नागरिक समाजकी संयोजक  हिमा सुनारले मंसिर ४ गते हुने निर्वाचनमा आचारसंहिताको पालना गरेर  निर्वाचनलाई स्वच्छ , निष्पक्ष र पारदर्शी बनाउन नागरिक समाज र पत्रकार लाग्नु पर्ने बताउनु भयो । उहाँले  निर्वाचनलाई भयरहित, धाँधली मुक्त वातावरण गर्न, बालबालिकाको प्रयोग रोक्न र आचार संहिताको पालना भए नभएको अनुगमन गर्ने खबरदारी गर्नुपर्ने बताउनु भयो ।
पत्रकार महासङ्घका अध्यक्ष यादव आर्चायले नागरिक समाज समाचारको स्रोत आमनागरिक भएकोले नागरिक समाज र पत्रकारले सहकार्य गरेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले पत्रकारले समाचार लेख्दा तटस्थ भएर कलम चलाउन पनि आग्रह गर्नु भएको छ ।
दलित महिला उत्थान सङ्घकी अध्यक्ष खिमा वि.क ले निर्वाचनको संयम हुने आचारसंहिता उल्लङ्घनमा रोक्नलाई  नागरिक समाजले खबरदारी गर्नुपर्ने बताउनु भयो । उहाँले गर्भवती जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई अलग लाइनमा मतदान गर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
दलित महिला उत्थान सङ्घकी कार्यक्रम संयोजक विष्णु नेपालीले निर्वाचनलाई भयरहित वातावरण सम्पन्न गराउन राजनीतिक दल, सुरक्षा निकाय, निर्वाचन आयोग लगायत सरोकारवाला निकाय लाग्नुपर्ने बताउनु भयो  । उहाँले आचारसंहिता उल्लंघन भए नभएको निगरानी गर्दै खबरदारी गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका मानव अधिकार एलायन्सका अध्यक्ष केशव जि.सी, होटल व्यवसाय सङ्घकी अध्यक्ष संगीता थापा, इन्सेक बर्दियाका प्रतिनिधि मानबहादुर थारू, सुन्दर संसारकी अविना चौधरी माइती नेपालकी गायत्री रिमाल, शान्ति पुर्न स्थापना केन्द्रकी कार्यक्रम संयोजक सपना शर्मा लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । 

 

Leave A Reply

Your email address will not be published.