प्रकाश पौडेल ।
बारबर्दिया नगरपालिका वडा नं ३ मा १५ बर्षिया बालिका एक दिनको लागि वडा अध्यक्ष भएकी छिन । युवक माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा दिपशिखा चौधरी एकदिने वडा अध्यक्ष भएकी हुन ।
११ औं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा अब हाम्रो पालो, हाम्रो अधिकार हाम्रो भविष्य कार्यक्रममा अन्तर्गत चौधरीलाई वडा अध्यक्षको भूमिका दिएको हो ।
कार्यक्रममा युवक माध्यामिक विद्यालयकी छात्रा कुसल थारूले बालिकाले भोग्नु परेको समस्यालाई नौ बुँदे ज्ञापन पत्र एकदिने वडा अध्यक्ष चौधरीलाई मार्फत बुझाएर बालिका मुद्दामा गम्भिर भएर लाग्न माग गरेकी छन् । ज्ञापन पत्रमा बालिकाले भोग्नु परेका समस्याको समाधान गर्न अनुरोध गरिएको छ ।
एकदिने वडा अध्यक्ष चौधरीले वडा अध्यक्षको भूमिकामा रहन पाएको खुसी व्यक्त गर्दै बालिकाहरूले भोग्नु परेका समस्याको सुनुवाइ हुनु पर्नेमा जोडदिनु भएको छ ।
वडा नंं ३ का वडा अध्यक्ष नन्दलाल थारूले दिपशिखाले वडा अध्यक्षको भूमिका कुशलता पुर्वक निर्वाह गरेकोमा प्रशंसा गर्न भएको थियो । साथै उहाँले ज्ञापन पत्र रहेको माग पुरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
बाँके युनेस्को क्लबका बाल संरक्षण कार्यक्रमका फिल्ड सुपरभाइजर डम्मर परियारले किशोरीहरूको नेतृत्व र व्यक्तित्व विकासका लागि यस्ता कार्यक्रमले टेवा पुग्नु बताउनु भयो । उहाँले यस्ता कार्यक्रम मार्फत किशोरी आत्मविश्वास बढ्दै जाने भविष्यमा सामाजिक रुपमा स्थापित हुन सहयोग मिल्ने बताउनु भयो ।
अन्तराष्ट्रिय बालिका दिवस २०२२ को अल्सरमा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालित बालिका संरक्षण कार्यक्रम अन्तर्गत गल्स टेक ओभरको अवसरमा चौधरीलाई एकदिने वडा अध्यक्ष भूमिका दिइएको हो ।