bardiyahospital

आजै मन्त्रिपरिषद् बिस्तार गर्ने सत्ता गठबन्धनको तयारी

आन्तरिक परामर्शमा दलहरु

Geruwa GIF

काठमाडौं । सत्ता गठबन्धनले आजै मन्त्रिपरिषद बिस्तरको तयारी थालेको छ। माओवादी केन्द्रले मन्त्री छानिसकेको छ भने जनता समाजवादी पार्टी (जसपा)का नेता बिहानैदेखि मन्त्रिको सूची तयार पार्न जुटेका छन्। माओवादी केन्द्रले छानेका ३ मन्त्री र एक जना राज्यमन्त्रीको आजै सपथ हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। उनका अनुसार समय भने यकिन भइसेको छैन। ‘समय त कुन बेला भन्ने भएको छैन। आजै सपथ लिने तयारी छ,’ उनले भने।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आजै मन्त्रिपरिषद् विस्तार हुने तयारी रहेको बताएका छन्। पंचली टिभीको उद्घाटन कार्यक्रममा प्रचण्डले उस्तै परे आजै शपथ हुने बताएका हुन्। ‘भर्खरै क्याबिनेट अब हामी उस्तै परे आज शपथ ग्रहण हुन्छ होला, पूर्णता पाउँछ,’ प्रचण्डले भने।

cld

जसपाले पनि हिजै मन्त्रीको नाम टुंगो लगाउने तयारी गरे पनि साँझ अवेरसम्म मन्त्रीको सूची तयार पार्न सकेन। त्यसैले बिहानै अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई लगायतका नेतारु छलफलमा जुटेको जसपाका नेताहरुले बताएका छन्। जसपामा मन्त्रीहुने नेताहरु धेरै भएपछि कसलाई मन्त्री बनाउने भन्ने अधिकार शिर्ष नेतालाई दिइएको छ।

यता एकीकृत समाजवादी पार्टीले आफूले थोरै मात्रै मन्त्रालय पाएको भन्दै असन्तुष्टि जनाएपछि गठबन्धनका नेताहरुले फेरी एक पटक मन्त्रालयका बारेमा आजै छलफल गर्ने भएका छन्। एकीकृतका नेताहरुलाई समेत समेटेर आजै साँझसम्म मन्त्रिपरिषद बिस्तार हुने गठबन्धनका नेताहरुले बताएका छन्।

नेपाली कांग्रेस भित्र पनि मन्त्रिहुने नेताहरुका बारेमा छलफल हुदै आए पनि टुंगो लागिसकेको छैन। बुधवार बालुवाटारमा बसेको कांग्रेसको पदाधिकारी बैठकमा सहमति नभएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिचमै बैठक बहिष्कार गरेको थियो। बैठकमा पौडेल समूहले तीन जना मन्त्री मागेका थिए। तर, देउवाले तीन मन्त्री दिन नसक्ने बताएका थिए।

सहमतिका लागि कांग्रेस नेताहरुबीच आज पनि छलफलको तयारी छ।

हाल सरकरमा देउवा पक्षका ३ जना मन्त्री र एक जना राज्यमन्त्री मात्रै सहभागी छन्। गठबन्धनले लगाएको भागबण्डा अनुसार नेपाली कांग्रेसलाई ७, नेकपा माओवादी केन्द्रलाई ६, एकीकृत समाजवादी र जसपालाई ४/४ मन्त्रालय भाग परेको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.