काठमाडौं । नेपाली बजारमा मंगलबार सुन १० महिना यताकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुन तोलाको एक लाख २ हजार ६०० रुपैयाँमा करोबार भइरहेको छ ।
गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार तेजाबी सुन प्रतितोला एक लाख दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैँयाले बढेर एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।