bardiyahospital

 बर्दियाका अवैध क्रसर बन्द

Geruwa GIF


यज्ञप्रसाद सापकोटा ।

बर्दिया ।  बर्दियाका अवैध क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालय बर्दियाले अनिश्चितकालको लागि बन्द गरेको छ । अर्को निर्णय नहुँदा सम्मको लागि अवैध क्रसर बन्द गर्नका लागि क्रसर उद्योगका लागि सूचना जारी गरी जानकारी गराइएको छ ।  

cld


शुक्रबार जारी गरिएको सूचनामा दर्ता नभई सञ्चालन भएका, नवीकरण नभएका, विषेश आयोजनाका लागि स्थापना भएका तर आयोजना सम्पन्न भइसकेकाका, एक प्रयोजनको लागि दर्ता भएको तर उद्देश्य विपरीत फरक वस्तु उत्पादन गरेका लगायतका कानुनी प्रक्रिया तथा मापदण्ड पुरा नगरेका क्रसर उद्योगलाई अर्को निर्णय नभएसम्म सञ्चालन गर्न नपाउने गरी रोक लगाएको सूचनामा उल्लेख गरिएको छ ।
सूचनाको विपरीत क्रसर सञ्चालन गरेमा प्रचलित कानुन बमोजिम कारवाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा कुनै क्रसर मापदण्ड पालना गरेका र नवीकरण भएको भए जिल्ला प्रशासन कार्यालयमा कागजात सहित आउनका हुन जानकारी गराइएको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.