bardiyahospital

अनेरास्ववियुले बुझायो सात बुँदे माग सहितकाे ज्ञापन पत्र

Geruwa GIF

प्रकाश पौडेल । अखिल नेपाल राष्टिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) क्याम्पस कमिटीले बबई बहुमुखी क्याम्पसमा ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियु क्याक्पस कमिटी सात बुँदे माग सहित ज्ञापन पत्र बुझाएको हो ।

अनेरास्ववियु क्याम्पस कमिटीले बुझाएको ज्ञापन पत्रमा संविधानले सुनिश्चित गरेको शैक्षिक हकबाट मध्यपश्चिम विश्वविद्यालयले ऐच्छिक विषयमा १५ जना हुनु पर्ने व्यवस्था गरेर विधार्थीलाई पढ्न पाउने अधिकारबाट बञ्चित गर्न खोजेकोले विधार्थीले पढ्न पाउने वातावरण सिर्जना माग गरेको छ ।

cld

क्याम्पस आउने नपढाउने तर हाजिर गर्ने, प्राध्यापक र समयमा नै क्याम्पस नआउने कर्मचारीलाई कारवाहीको माग, हिउँदे सेमेस्सटरमा अत्याधिक विदा भएकोले कटौती गर्नुपर्ने, प्रत्येक दिन सम्पूर्ण विषयको कक्षा सञ्चालन गर्ने, पुस्तकालयमा आवश्यक सम्पूर्ण ल्याउनु पर्ने माग सहित क्याम्पस प्रमुख विरेन्द्र लम्साललाई ज्ञापन पत्र बुझाएको छ ।

अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष लक्ष्मण भण्डारीले क्याम्पसमा देखिएका समस्या सात दिनभित्र पुरा गर्न क्याम्पस प्रसाशनलाई ज्ञापन पत्र बुझाइएको बताउनु भयो ।

उहाँले मागको सुवाई नभएमा नभए चरणबद्द आन्दोलन गर्ने बताउनु भयो । ज्ञापन पत्रको बोधार्थ उपकुलपति कार्यालयमा पनि पठाएको अध्यक्ष भण्डारीको भनाई छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.