काठमाडौं । नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदिबाट बालुवा ल्याएर बेदी बनाइ त्यसमा पनि जमरा रोप्ने चलन छ । त्यसैगरी कतिपयले भने धान, गहुँ, मकै जस्ता अन्न पनि जौमा मिसाएर छर्ने गरेका छन् ।
दशैं हिन्दू धर्मावालम्बीको चाड भनिए पनि अहिले सबै नेपालीले मनाउने गरेका छन् । यस्तै अहिले विभिन्न काम विशेष र प्रयोजनले लाखौं नेपाली विभिन्न देशमा पुगेका छन् । तर जहाँ पुगेपनि जहाँ रहे पनि नेपालीलाई दशैं र त्यसमा पनि जमरा मोहले छोड्दैन । पहेंलो जमरा सिहुरिएपछि बल्ल दशैं आएको महसूस हुने भएकोले परदेशमा एक्लै बसे पनि जमरा राख्न मनपराउन धेरै छन् । त्यसैले दशैंको जमरा कसरी राख्ने भन्नेबारेमा यहाँ चर्चा गरिएको छ ।
जमराको महत्व
दशैंमा मान्यजनहरुले टिका लगाईदिँदा निधार भरीमा रातो अक्षता सँगै कानमा जौं (मकै, धान र गँहू) का लामा पँहेला जमरा लगाइदिने चलन छ । निधारमा टिका र कानमा जमरा सिउरिनुलाई दशैं मनाएको संकेतको रुपमा लिइन्छ । धार्मिक विश्वास अनुसार दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जमराको रुपमा जौंको प्रयोग गरिने चलन रहेको छ ।
जमरा कसरी उमार्ने ?
जौको जमरा उमार्नका लागि शुद्ध एवं अग्र्यानिक बिजको प्रयोग गर्ने । सबैभन्दा पहिला गहुँको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्नुपर्छ । अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।
अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ । एक हप्तासम्म एक–एक वटा गमलामा यसरी नै बिज रोप्नुपर्छ । सात दिनपछि पहिलो पटक रोपेको गमलामा गहुँ अंकुराउन थाल्छ । गमलामा हरेक दिन पानी हाल्नुपर्छ । तर यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन । गहुँको जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।
जमरा राख्ने बूँदागत प्रक्रिया :
– अग्र्यानिक बिजको प्रयोग गर्नुपर्छ ।
– जमरा उमार्नका लागि शुद्ध तथा अध्याँरो ठाउँ चाहिन्छ ।
– सबैभन्दा पहिला जौंको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।
– विशेषत दशैंमा जौको जमरा राख्ने गरिन्छ । यद्यपी मकै, गहुँ, धानको पनि जमरा राख्न सकिन्छ ।
– अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।
– अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ ।
– सात दिनपछि पहिलो पटक रोपेको गमलामा अंकुराउन थाल्छ ।
– प्रयोग गन योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुन बिज रोप्न सकिन्छ । ।
– गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।
– जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।