

प्रकाश पौडेल/(गुलरिया) । बर्दियामा चालु आर्थिक वर्षकाे हालसम्म १५ जना कुष्ठरोगका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय बर्दियाले नौ जना पुरुष र छ जना महिला गरेर १५जनामा कुष्ठरोग देखिएको जनाएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७८।०७९ मा ६३ जना कृष्ठरोग बिरामी रहेको जनाएको छ । जसमध्ये ३७ जना पुरुष र २६ महिलामा कुष्ठरोग देखिएको हो ।
स्वास्थ्य कार्यालय बर्दियामा सूचना अधिकारी कृष्णगोपाल चौधरीले चालु आर्थिक बर्ष र गत आर्थिक वर्षमा ३६ जना मध्ये १४ जना महिला र २२ जना पुरुषले स्वास्थ्य संस्थाबाट उपचार लिएको बताउनु भयो ।

उहाँले कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशुल्क हुने र उपचार पुरा गरेका र विशेष सेवाका लागि अस्पतालका भर्ना भएका बिरामीलाई सरकारले एक हजार उपलब्ध गराउने गरेको बताउनु भयो । साथै उहाँले यो रोग सुरुको अवस्थामा उपचार गरेमा यो रोग अरुलाई नसर्ने र पूर्ण रुपमा निको हुने गरेको बताउनु भयो ।
स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले कुष्ठरोग बिरामीको प्रकोप दर १.२३ प्रतिशत रहेको बताउनु भयो । उहाँले बिरामी प्रकोप दर १ कम गर्न कुष्ठरोगका बिरामी रोज्ने र रोकथाम गर्न उपचार गर्ने बताउनु भयो । उहाँले स्वास्थ्य कार्यालयले जनचेतना मूलक कार्यक्रम पनि गर्ने गरेको बताउनु भयो ।
कुष्ठरोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरिया लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने गर्दछ । कुष्ठरोग माानिसबाट मानिसका सर्ने सरुवा रोग हो । यो रोग ज्यादै कम सर्ने गर्छ ।
लामो समयसम्म बिरामी सम्र्पकमा आएपछि श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्ने भएकोले बिरामी सम्पर्कमा जाने व्यक्तिले ध्यान दिन जरुरी रहेको छ ।