Division forest_Ads
Barista_Training

विवाह पूर्व वडाकार्यालयलाई जानकारी दिनुपर्ने

Geruwa GIF

प्रकाश पौडेल (गुलरिया) बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका २ नं. वडाले वालविवाह न्यूनिकरणका लागि विवाह गर्नुपूर्व वडा कार्यालयलाई जानकारी दिनुपर्ने पर्ने निर्णय गरेको छ ।

वडा समितिको गत पुस ४ गते बसेको निर्णयबाट विवाह गर्नुपूर्व वडा कार्यालयलाई जानकारी दिनुपर्र्ने निर्णय गरेको हो । वडाध्यक्ष रामफेरन थारुले सिफारिश भन्दा पनि जानकारी गराउन भनिएको बताउनु भयो । उहाँले भन्नुभयो, विभिन्न प्रकारले वालविवाह गर्ने र मुद्दामामिलाका लागि आफू प्रहरी चौकी तथा अन्य निकायमा छलफलका लागि गइरहनु पर्ने अवस्था आएका कारण विवाह पूर्व वडा कार्यालयलाई जानकारी गराउनका लागि अभिभावकलाई भनिएको बताउनु भयो ।

Basgadhi PSA_final

उमेर नपुग्दै विवाह गर्ने र सामाजिक परम्परा अनुसार हाम्रो विवाह भैसकेको र विवाह दर्ता गराइपाउँ भन्दै वडा कार्यालय आउने क्रम पनि बढ्दै गएपछि यस्तो निर्णय गर्नु परेको वडाध्यक्ष थारुको भनाई छ ।

वडा समितिले विवाहपूर्व जानकारी गराउनु पर्ने निर्णय गरेपनि त्यसका लागि कुनैपनि किसिमको कार्यविधि भने  तयार गरेको छैन ।

वडाध्यक्ष थारुले विवाह पूर्व जानकारी दिन वडा कार्यालय आउँदा वेहुलावेहुलीको उमेर खुल्ने कागजात जन्मदर्ता वा नागरिकता अनिवार्य ल्याउनु पर्ने बताउनु भयो ।

सो वडामा अहिलेसम्म एकजनाले विवाहका लागि जानकारी दिएको वडासचिव टिकाराम थारुले बताउनु भयो । वडा सचिव थारुले यो निर्णय वाध्यकारी भन्दा पनि समूदायमा सकारात्मक सन्देशका लागि गरिएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.