
काठमाडाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको बनावट नै देशलाई अस्थिरतातर्फ धकेल्ने खालको रहेको भन्दै सचेत हुनुपर्ने बताउनु भएकाे छ।
मगलबार अनेरास्ववियुको २३ औं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले आफूहरूले गठबन्धन तोडेर अर्को बनाए पनि ढुक्क नहुने अवस्था रहेको बताउनु भएकाे हाे ।

‘गठबन्धन तोडेर अर्को गठबन्धन बनायौं । प्रसन्न हुनुपर्छ । कथंकदाचित यो परिस्थिति फेरियो भने । तर संसदको बनावट नै अस्थिरतातिर जाने जस्तो पनि हुन सक्छ’, ओलीले भन्नुभयाे, ‘भित्रका र बाहिरका धेरै शक्ति यो देश बर्बाद पार्न क्रियाशील छन् । कुनै डाँकाले डकैती गर्न सबैभन्दा पहिले पालेलाई प्रहार गर्छ । एमाले गेटको पाले हो । पहिले एमालेमाथि प्रहार हुन सक्छ । फेरि पनि प्रहार हुन सक्छ ।’
अहिले अनेक षडयतन्त्र प्रहार भइरहको अध्यक्ष ओलीकाे दावी छ।


