bardiyahospital

नास्ता पसल सञ्चालनका लागि सामाग्री हस्तान्तरण 

Geruwa GIF

 गुलरिया ।
दलित महिला उत्थान संघ बर्दियाले खाजा नास्ता  पसल सञ्चालनका लागि सामाग्री वितरण गरेको छ । आधारभुत खाजा नास्ता तालिम लिएका ५ जना सहभागीहरूलाई पसल सञ्चालनका लागि चाहिने सामाग्रीहरू हस्तान्तरण गरेको हो । 


आधारभुत खाजा नास्ता तालिम समापन गर्दै संघले २० हजार मूल्य बराबरको सामाग्री हस्तान्तरण गरेको हो । ग्यास सिलिन्डर, ग्याँस चुलो, मःमः सेट, चाउमिन सेट लगायतका सामाग्री हस्तान्तरण गरिएको छ । 

cld


बालविवाह तथा चाँडै हुने विवाह न्यूनिकरण तथा रोकथाम परियोजना अन्र्तगत खाजा नास्ता तालिम सञ्चालन गरिएको थियो । खाजा नास्ता तालिममा गुलरिया मधुवन र ठाकुरबाबा नगरपालिकाका ५ जना सहभागी भएका थिए । बालविवाह तथा छिटो विवाहको चपेटामा परेका उनीहरु १५ दिने तालिम पश्चात् व्यवसाय सञ्चालन गर्नका लागि सहज होस् भनेर सामाग्री दिइएको परियोजना अधिकृत जिरा वि.क.ले बताउनु भयो । 


पसल सञ्चालनका लागि सामाग्री पाएपछि पसल सुरु गर्नको लागि सहज हुने गुलरिया नगरपालिका वडा नं ४ कि अनिता गोडियाले बताउनु भयो । उहाँले आफ्नै घर छेउमा सटरमा पसल सञ्चालन गर्ने सोच बनाएको बताउनु भयो । त्यसैगरी ठाकुरबाबा नगरपालिका वडा नं २ की शुसिला थारुले आर्थिक अवस्था कमजोर भएकोले पढ्नमा समस्या भएको बताउँदै अब पढ्दै नास्ता पसल सञ्चालन गर्ने सोच बनाएको बताउनु भयो । अब केही दिनमा नै खाजा नास्ता पसल सञ्चालन गर्ने उनको योजना रहेको छ । 


दलित महिला उत्थान सङ्घकी अध्यक्ष खिमा वि.क.ले यस अघि परियोजनाले सञ्चालन गरेको खाजा नास्ता तालिमका सहभागीहरूले पसल सञ्चालन गरेर जिविकोपार्जन गरेको बताउँदै यस पटकका तालिमका सहभागीहरूले पनि व्यवसाय गर्नेमा विश्वास व्यक्त गर्नु भयो । 


गर्लस् फस्र्ट फण्डको आर्थिक सहयोगमा दलित महिला उत्थान संघ गुलरिया बर्दियाले सञ्चालन गरेको परियोजनाले बालविवाह तथा चाँडो विवाहको चपेटामा परेका महिला तथा बालबालिकाहरूलाई सिलाइकटाइ ब्युटिपार्लर र खाजानास्ता तालिम सञ्चालन गरेको छ । परियोजना अवधीमा बालविवाह तथा चाँडो हुने विवाह सम्बन्धी तालिम गोष्ठि, समन्वय बैठक, विद्यालय स्तरमा कार्यक्रम, किशोरी तथा महिलाहरूलाई सीपमुलक तालिम, धार्मिक गुरुहरूसँग बैठक, रेडियो जिङ्गल र कार्यक्रम उत्पादन गरी प्रसारण, बालिकाहरूलाई ड्रेस र स्टेशनरी सामाग्री सहयोग लगाएतका कार्यक्रम सञ्चालन भईरहेको  परियोजना अधिकृत वि.क.ले बताउनु भयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.