राजापुर, बर्दिया । बाढी प्रकोप जोखिम न्यूनीकरणका लागि प्रकृति मा आधारित समाधानका उपाय खोज्नका लागि बर्दिया र कैलालीका पाँचवटा पालिका बिच अन्तर पालिका कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सो गोष्ठीमा बर्दिया तर्फबाट गेरुवा गाउँपालिका, राजापुर एवं मधुवन नगरपालिका र कैलाली तर्फबाट जानकी गाउँपालिका र टिकापुर नगरपालिकाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बर्दिया र कैलालीको सीमा भएर कर्णाली नदी बग्ने गर्दछ र वर्षायाममा कर्णालीमा आएको छालले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई समस्या पार्छ । कार्यक्रममा बोल्दै मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले यसरी पालिकाहरु लाइ सहकार्य गर्ने माहौल बनाएकोमा CSDR / Practical action लाइ धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
बाढीको जोखिम न्यूनीकरणका लागि अबका दिनमा प्रकृतिमा आधारित भएर समाधान खोज्नुपर्ने र जैविक तटबन्ध निर्माण गरेर लाभ लिन सकिने Practical action का बिक्रम रानाको भनाई छ ।
यसैगरी जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पछिल्लो समयमा चुरे क्षेत्रमा भएको अव्यवस्थित विकासले प्राकृतिक प्रकोप निम्ताएको बताउनुभयो ।
बाढीसंग लड्नका लागि CSDR / Practical action ले पनि पालिकाहरुसंग सहकार्य गर्न पाउदा खुशी को अनुभुति भएको CSDR का अध्यक्ष भक्त लाल भारतीले बताउनुभयो।
अध्यक्ष भारतीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारु, टिकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारु, जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी, गेरवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसी र मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरी लगायतको उपस्थिति रहेको थियो ।