Division forest_Ads
Barista_Training

वन्यजन्तु संरक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न 

Geruwa GIF

 गुलरिया ।
वन वन्यजन्तु संरक्षण सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सञ्चारिका समूह लुम्बिनी प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
सञ्चारिका समूह लुम्बिनी प्रदेशको महासचिव मेनका चौधरीले मानव र वन्यजन्तुको बीचमा हुने द्वन्द्व आजको प्रमुख समस्या भएको बताउनु भयो । वैकल्पिक स्रोतको खोजी गरेर वनसँग परनिर्भरता घटाउने खालको कार्यक्रम गर्न जरुरी रहेको उहाँले बताउनु भयो ।

Basgadhi PSA_final


कृष्णसार संरक्षण क्षेत्रका प्रमुख विनयमकुमार झाले मानवलाई सहज रुपमा जीवन यापन गर्न पनि वन र वन्यजन्तुको संरक्षण आवश्यक रहेको बताउनु भयो ।उहाँले  प्राकृतिक सन्तुलन कायम गर्न जैविक विविधताको महत्वपूर्ण  योगदान भएकोले पनि वन र वन्यजन्तुको संरक्षण गर्नु आवश्यक रहेको बताउनु भयो ।
वन डिभिजन कार्यालय बर्दियाका  वन अधिकृत दिपक थारूले जग्गा धनी प्रमाण पत्र भएका  जग्गा बाहेकका अन्य क्षेत्र वन अन्तगर्त पर्ने बताउँदै यसको संरक्षण गर्नुपर्ने बताउनु भयो वन क्षेत्र संरक्षण र वन्यजन्तुबाट हुने घटना न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले काम गर्दै आएको बताउनु भयो । उहाँले निकुञ्जको क्षेत्र बाहेक दुई सय ८१ वटा सामुदायिक वनमा कार्यालयले काम गर्दै आएको बताउनु भयो । 


गुलरिया नगरपालिकाको उपप्रमुख सावित्री गौतमले मानिसको दैनिक जीवन वनसँग जोडिएको बताउनु भयो । उहाँले वन प्रतिको निर्भरता घटाउन पनि नगरपालिकाले कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि सामुदायिक वनमा तारबार गर्नु पर्ने बताउनु भयो ।
सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोग रहेको थियो । सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि सञ्चारकर्मी लगाएतकाको सहभागिता रहेको थियो । 

Leave A Reply

Your email address will not be published.