bardiyahospital

बर्दियामा भर्ना अभियान तिव्र 

Geruwa GIF

ऋषी वाग्ले
राजापुर ।
बर्दियाका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान तीब्र रूपले चलाइएको छ । विद्यालयका शिक्षक, व्यवस्थापन समिति का पदाधिकारी, शिक्षा प्रेमी लगाएतका समुह द्वारा घर घरमा  गइ बालबालिकाहरूलाई आफ्नो विद्यालयमा पढाउनका लागी प्रेरित गरि रहेका छन् । 

cld


विगतका वर्षमा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको स‍ख्या बिस्तारै घट्दै गएको अवस्थामा केही वर्ष यता देखि सामुदायिक विद्यालयले अभियान नै चलाएर विद्यार्थी भर्ना गरिरहेका छन् ।  विगतमा धेरै विद्यालयमा विद्यार्थीको सख्या कम भएर विद्यालयलाई नजिकै को विद्यालयसँग गाभिएका प्रशस्त उदाहरण रहेका छन् । 
बर्दिया को राजापुर नगरपालिका वडा नं ८ स्थित भिमसेन प्राविमा घरदैलो गर्दा गत वर्षको तुलना मा यस वर्ष २५ प्रतिशत विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको प्रधानाध्यापक राज कुमार रेग्मी बताउनु हुन्छ ।


पछिल्लो  समयमा विद्यार्थीहरूलाई आफ्नो विद्यालयमा आकर्षित गर्न सामुदायिक विद्यालयहरू प्रयासरत छन् । शिक्षकहरूले घरमा नै विद्यार्थीहरूको भर्ना गर्दा  अभिभावकहरू  खुशी छन् ।
बर्दियाको ६ वटा पालिकामा प्लान इन्टरनेसनलको सहकार्यमा स्याक नेपालले  बिभिन्न परियोजना मार्फत विद्यालयलाई सहयोग गर्दै आएको छ । विद्यार्थी भर्ना अभियानमा विद्यालयहरू सँग सहकार्य गरिरहेको स्याक नेपालका योजना सुपरीवेक्षक दसलाल चौधरी बताउनु भयो । समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान नारा सहित सञ्चालित गरिएको विद्यार्थी भर्ना अभियान बैशाख भरी नै सञ्चालन भईरहेका छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.