

गुलरिया । श्रीरामकृष्ण खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मधुवन ५ रामनगरको अध्यक्षमा सूर्यकुुमार गुरुङ निर्वाचित भएका छन् । निर्वाचनमा गुरुङको नेतृत्वमा रहेको प्यानल विजयी भएको हो ।
निर्वाचित गुरुङले दुई सय ७१ मत प्राप्त गर्नु भएको छ । भने उहाँको निकटम प्रतिद्वन्द्वी इश्वरीप्रसाद उपाध्यायले एक सय ७० मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी उपाध्यक्षमा भिमबहादुर दर्लामीले दुई सय ६९ मत प्राप्त गरेर विजय हनु भएको छ । भने उहाँका निकटम प्रतिद्धन्द्धीे विनोद चौधरीले एक सय ५४ मत प्राप्त गर्नु भएको छ । सचिवमा तृष्ण गुरुडले दुई सय ६९ मत प्राप्त गरेर विजय हुनु भएको छ ।
सहसचिवमा जसबहादुर चन्दले दुई सय ४८ मत प्राप्त गरेर विजय हुनु भएको छ । कोषाध्यक्षमा नैनाकुमारी बिष्टले दुई सय ४४ मत प्राप्त गरेर विजय हुनु भएको छ । त्यसैगरी खुल्ला सदस्यहरुमा करण बि.क, वीरबहादुर सुनार, र हिक्मत दमाइ विजय हुनु भएको छ । महिला सदस्यहरुमा सनिसरा गुरुड, राधादेवी थापा, र खिमाकुमारी राजी विजय हुनु भएको छ ।
त्यसैगरी लेखासमितिको संयोजकमा श्यामबहादुर भुसाल निर्वाचित हुनु भएको छ । लेखासमिति सदस्यमा दलबहादुर जि.सी. र देवता तिमिल्सेना निर्वाचित हुनु भएको छ ।
श्रीरामकृष्ण खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा छ सय ७८ जना मतदाता रहेका थिए । भने निर्वाचनमा चार सय ७९ मत खसेको थियो ।