

दलबहादुर सुनार
बढैयाताल ।
बढैयाताल गाउँ पालिकाहरूलाई भ्रष्टाचार मुक्त र सुशासन युक्त पालिका निर्माणको लागि वडा सम्म नागरिक समाज सञ्जाल बिस्तार गरिएको छ ।
भ्रष्टाचार विरुद्ध खबरदारी गर्ने उद्देश्यले नागरिक समाज सञ्जाल बढैयाताललाई आफ्नो सञ्जाललाई १ देखि ९ नं वडामा नागरिक समाज सञ्जाल बिस्तार गरिएको हो ।

बाँके युनेस्को क्लबको सहयोगमा सञ्चालित वडा स्तरीय नागरिक समाज गठन तथा बिस्तार गर्ने अभियानको क्रममा हिजो सोमबार वडा नं ६ मा गठन गर्दै अभियान पुरा भएको नागरिक समाज सञ्जाल बढैयाताललाई सचिव ज्ञानेन्द्रराज पोख्रेलले जनाएका छन् ।
पालिका स्तरीय नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण लामिछानेको अध्यक्षतामा र ६ नं वडाका अध्यक्ष शुक्रराज सापकोटाको प्रमुख आतिथ्यतामा भएको भेलाले. वडा नं ६ वडा स्तरीय नागरिक समाज सञ्जाल सर्वसम्मत गठन गरेको छ ।
भेलाले देबि प्रसाद अधिकारीको संयोजकत्वमा ९ सदस्य रहेको नागरिक समाज सञ्जाल गठन गरेको हो । जसमा उपसंयोजकमा बिन्दु पौडेल, सचिवमा कालीचरण थारू, सदस्यहरूमा लोहारी थारू, अन्जु रायमाझी, भुरी थारू, गुल्मी थारू लगाएत रहेको जनाएको छ ।
पालिका स्तरीय नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण लामिछानेले नव गठित सञ्जालका सदस्यहरूलाई बधाई दिँदै हाम्रो पालिका लाई समान, सवल, सक्षम , उत्तरदायी र पारदर्शी समाजको निर्माणका लागि स्थानीय सरकारले गरेका राम्रा कामको लागि रचनात्मक सहयोग गर्ने र गलत गरे खबरदारी गर्ने उद्देश्यले नागरिक समाजको स्थापना भएको बताए । नागरिक समाजका सदस्यहरू कुनै पनि उपभोक्ता समितिमा बस्न नहुने भन्दै स्थानीय तहलाई स्थानीय जनता प्रति थप जिम्मेवार एवम् जवाफदेही बनाउनका लागि नागरिक समाजका सदस्यहरूको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए । स्थानीय सरोकारका सवालमा देखिएको अनियमितता, ढिला सुस्ती, भ्रष्टाचार र नागरिक मैत्री नभएमा स्थानीय सरकार र सम्बन्धित निकायलाई सचेत गर्ने अटेर गरे विरुद्धमा अभियान चलाउने संयोजक लामिछानेले चेतावनी दिए ।
भेलामा शारदा बहुमुखी क्याम्पसका अध्यक्ष प्रेमराज त्रिपाठी, बर्दिया अपाङ्ग पुनर्स्थापनका अध्यक्ष नेत्र प्रसाद सापकोटा, शारदा मावि का अध्यक्ष गोविन्द त्रिपाठी , पालिका स्तरीय बड्घर पर्शुराम चौधरी, स्थानीय वडाका जन प्रतिनिधि नागरिक समाजका सदस्यहरू, समाज सेवी, शिक्षक, संघ संस्थाका प्रतिनिधि लगायत झण्डै ५० जनाको सहभागिता रहेको बाँके युनेस्को क्लबकी लक्ष्मी चौधरीले जनाएकी छन् ।