Division forest_Ads
Barista_Training

बर्दियामा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बन्दै

Geruwa GIF

प्रकाश पाैडेल/ बर्दिया (गुलिरया) । बर्दियामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा सहज र प्रभावकारी भएपछि विमा गर्नेको संख्या बढेको छ ।

स्वास्थ्य विमा वोर्ड बर्दियाका अनुसार बर्दियामा हालसम्म एक लाख २२ हजार २५८ जना स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् । २०७४ असोज ६ गतेबाट बर्दियामा स्वास्थ्य विमा कार्यक्रम शुरु भएको हो ।

स्वास्थ्य बिमा बोर्ड बर्दियाका दर्ता अधिकारी डिकेन्द्रबहादुर बिष्टले स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दै गएको बताउनु भयो । स्वास्थ्य संस्थाबाट सहज रुपमा सेवा पाउने र स्थानीय सरकारले बिमालाई प्राथमिकता राखेर आफ्ना नागरिकको बिमा गर्न बजेट विनियोजन गर्ने गरेका कारण विमा प्रभावकारी भएको बताउनु भयो ।

Basgadhi PSA_final

दर्ता अधिकारी बिष्टले लुम्बिनी प्रदेश सरकार अन्र्तगत पर्ने अस्पतालमा बर्दिया पहिलो रहेको बताउनु भयो । अन्य जिल्लामा भन्दा बर्दियामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी र स्वास्थ्य सेवा प्रदान गर्नेमा अगाडी रहेको बताउनु भयो ।

गुलरिया नगरपालिका वडा नं. ४ का अमरराज लस्सालले परिवारमा कोही बिरामी पर्दा लाग्ने चेकजाँचको शुल्क र औषधी उपचार बिमाबाट हुने भएकोले बार्षिक ५० हजार बराबरको बचत हुने गरेको बताउनु भयो । उहाँले परिवारमा कोही बिरामी भएमा उपचारमा गर्न बिमा भएकोले उपचार कसरी गर्ने पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ताबाट मुक्त भएको बताउनु भयो ।

गुलरिया नगरपालिका वडा नं. ९ का प्रमोदकुमार लोधले बिमा गरेपछि औषधी उपचार सेवा लिन सजिलो भएको बताउनु भयो । उहाँले कम शुल्क तिरेर पनि धेरै सेवा लिन सकिने भएकाले स्वास्थ्य बिमा प्रभावकारी भएको बताउनु भयो । साथै उहाँले आफूले अन्यलाई पनि बिमा गर्न प्रेरित गर्दै आएको बताउनु भयो ।

स्वास्थ्य बिमा वोर्ड बर्दियाका अनुसार बिमा कार्यक्रम लागू भएपछि गत आर्थिक २०७८÷०७९ सम्म मा एक लाख १५ हजार छ सय एक जनाले स्वास्थ्य बिमा गरेको पाइएको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा थप छ हजार छ सय ५७ जना बिमा गरेका छन् ।

बर्दियाका आठ बटा स्थानीय तह मध्ये चार वटा स्थानीय पालिकामा बिमाको सेवा केन्द्र रहेको छ । स्वास्थ्य बिमा कार्यक्रमको सेवा केन्द्र बर्दिया अस्पताल, आर सी थारु मेमोरियल अस्पताल जयनगर बारबर्दिया, राजापुर प्राथमिक स्वास्थ्य केन्द्र राजापुर, र सोरहवा प्राथमिक स्वास्थ्य केन्द्र बढैयातालमा रहेको छ ।

स्वास्थ्य बिमा कार्यक्रममा सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बिमा गर्दा ५० प्रतिशत छुट दिएको छ । त्यसैगरी सरकारले जेष्ठ नागरिक, अति गरिब एच. आइ भी संक्रमित, मध्यम वर्गका अपाङ्ग, दिर्घरोगी र कुष्ठरोगीलाई निशुल्क बिमा गर्ने गर्ने गरको छ । पाँच जनाको परिवारको लागि तीन हजार पाँच सय र त्यसभन्दा माथी प्रत्येक व्यक्ति सात सय रुपैयाँको दरले शुल्क लाग्ने गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.