bardiyahospital

व्यक्तिवादको रोगले बनिसकेको सरकार फुत्कियो : माधव नेपाल

Geruwa GIF

काठमाडाै‌ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले बनिसकेको सरकार फुत्किनुमा एमाले अध्यक्ष केपी ओलीको व्यक्तिवादको रोग कारण रहेको आरोप लगाउनु भएकाे छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता नेपालले व्यक्तिवादको रोगबाट मुक्त हुन नसक्दा राजनीतिले सही दिशा लिन नसकेको बताउनु भएकाे हाे।

cld

आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति अहिले राजनीतिको समस्या भएको अध्यक्ष नेपालकाे भनाइ थियो ।

आइतवार सरकारका नीति तथा कार्यक्रम माथिको छलफलमा एमाले अध्यक्ष ओलीले आफ्नो सरकार हटेपछि देश समस्यामा फसेको बताउनु भएकाे थियाे ।

‘सरकारमा बस्न किन सकिएन ? बनिसकेको सरकार किन फुत्कियो ? अहिले सत्तो सराप गरेर हुँदैन । आफू भित्रको कमी कमजोरी पहिचान गरेर सुधार गरौं । हामीकहाँ सबभन्दा ठूलो समस्या व्यक्तिवादको रोग हो, आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति र अरुलाई अवमूल्यन गर्ने प्रवृत्ति’ नेपालले भन्नुभयाे ।

व्यक्तिवादको रोगबाट मुक्त हुन सकिएन भने सरकारमा बसेर पनि केही काम गर्न नसकिने बताउनु भयाे । ‘सरकारमा बस्दा हावादारी कुरा गरेर हुँदैन । पानीजहाज र विद्युतीय रेलको टिकट काट्न भनिएको थियो खोइ त ? घर घरमा ग्यास पाइपलाइन भनिएको थियो, खोई ग्यास ?’ नेपालले प्रश्न गरे । पूर्वप्रधानमन्त्री नेपालले सरकारका नीति तथा कार्यक्रम देशका समस्या समाधान गर्न सक्षम रहेको दाबी गर्नु भयाे ।

पुस १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा एमालेसहितको गठबन्धन सरकार बनेको थियो । तर, एमालेसहितको गठबन्धनमा खटपट हुँदा अहिले कांग्रेसहितको गठबनधन सरकार बनेको छ । गठबन्धन फेरिए पनि सरकारको नेतृत्व भने फेरिएको छैन ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.