
बर्दिया । बर्दियामा एक किशोरी बलात्कार गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–६ बस्ने २४ बर्षिय विनोद परियार र सोही ठाउँका २० बर्षीय नमराज परियार रहेको प्रहरीले जनाएको छ । उनीहरुले १८ बर्षिया किशोरीलाई घरमा बसिरहेको अवस्थामा हिजो (आइतबार) घुम्न जाने प्रलोभन देखाई जबरजस्ती


मोटरसाइकलमा राखेर ठाकुरबाबा नगरपालिका–७ स्थित सामुदायिक वनमा लगेर बलात्कार गरि फरार भएका थिए ।
आरोपी दुवैजनालाई ईलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँबाट खटि गएको प्रहरीको टोलीले उनीहरुकै गाउँबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो ।
आरोपी दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको सूचना अधिकारी बोहराले जानकारी दिनुभयो ।


