bardiyahospital

विद्युुत कटौतीको विरोधमा बाँसगढीका युवाहरुले गराए ध्यानाकर्षण

Bidhut Notice

प्रकाश पौडेल/गुलरिया । सूचना विना नै विद्युुत कटौती गरेको विरोधमा युवाहरुले ध्यानाकर्षण गराएका छन् । स्थानीय युवाहरुले नेपाल विद्युत प्राधिकरण बासगढी शाखालाई ध्यानाकर्षण गराएका हुन ।

सरकारले बिजुली बढी भएको भन्दै भारतमा विक्रिवितरण गर्दै आएको छ । तर पछिल्लो दिनमा बर्दियामा अघोषित रुपमा विद्युत कटौती गरेर लोडसेडिङ गर्दै गएको छ । जसका कारण जनजीवनमा प्रत्यक्ष असर परेको छ ।

बासगढीका स्थानीय विमल सुवेदीले विद्युत कटौतीको बारेमा जानकारी माग्दा भोल्टेज कम भयो, कोहलपुरको मेन लाईनमा समस्या छ, भुरीगाँउको मेन लाईनमा समस्या भएको जस्ता जवाफ दिएर विद्युत कार्यालय पन्छिने गरेको बताउनु भयो ।

विद्युत कटौतीले गर्दा जनजीवन, उद्योग, कृषि लगाएतका क्षेत्रमा असर परेको सुवेदीको भनाई छ । अध्याधिक गर्मी तथा तातो हावा चल्ने गरेको समयमा विद्युत कटौती गर्दा समस्या भएको छ । यदि विद्युत कटौती गर्ने भए सुचना जारी गर्नुपर्ने र विद्युत लाइनमा समस्या भएको भए तत्काल मर्मत गर्नु पर्ने युवाहरु बुझाएको ध्यानकर्षण पत्रमा उल्लेख छ ।

लोडसेडिङको अन्त्य गर्न प्राधिकरण गम्भिर हुने पर्नेमा युवाहरुको जोड छ । सुवेदीले अब समस्याको समाधान हुने विश्वास लिएको र समस्या समाधान नभए कडा आन्दोलन गर्ने बताउनु भयो ।

लोड सेडिङ विरोधमा युवाहरुले कार्यालयको अगाडी मजाक होइन, रातभर बति छैन । जलस्रोत के को लागि ओई बत्ति खोई । विद्युत सेवाको सुधार, बर्दियाको मुहार जस्ता प्ले कार्ड सहित युवाले ध्यानाकर्षण पत्र बुझाएका थिए ।

Leave A Reply

Your email address will not be published.